१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी नयाँ दिल्ली
२०७६ चैत २३ आइतबार ०७:०१:००
Read Time : < 1 मिनेट
खेलकुद

उमेर समूहको महिला विश्वकप रोकियो

Read Time : < 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
२०७६ चैत २३ आइतबार ०७:०१:००

फिफा महिला यू–१७ विश्वकप र यू–१९ महिला विश्वकप फुटबल प्रतियोगिता कोरोना भाइरसका कारण स्थगित भएको छ । यू–१७ भारतमा र यू–२० महिला विश्वकप पानामा र कोस्टारिकाले संयुक्त रूपमा आयोजना गर्न लागेका हुन् । वर्तमान परस्थितिअनुसार फुटबलको सर्वोच्च निकायले दुवै महिला विश्वकप प्रतियोगिता तत्कालका लागि स्थगित गरेको छ ।
 
भारतले पहिलोपटक आयोजना गर्न लागेको प्रतियोगिता विभिन्न चार सहर (कोलकाता, गुहाटी, भुवनेश्वर तथा अहमाबाद) मा २ देखि २१ नोभेम्बरसम्म हुने कार्यतालिका थियो । पानामा र कोस्टारिकामा सेप्टेम्बर र अगस्ट महिनामा महिला यू–२० विश्वकप हुने तय थियो ।

आयोजक अल इन्डिया फुटबल फेडेरेसनका महासचिव कुशल दासले महिला विश्वकपका लागि युरोप तथा अमेरिकामा हुने छनोट प्रतियोगितासमेत रोकिएको जानकारी दिएका छन् । फिफाले कोरोना भाइरस नियन्त्रण नभएका कारण जुलाई महिनामा हुने सबै किसिमका फुटबल गतिविधिमाथि रोक लगाएको छ ।

प्रतियोगिता सुरु हुने मिति अनिश्चित

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले रोकिएका प्रतियोगिता पुनः कहिले सुरु हुने भन्ने अन्योल रहेको बताए । कोरानो भाइरसका कारण विश्वमा फुटबल प्रभावित भएको उनको भनाइ छ । इन्फान्टिनोले दक्षिण अमेरिकी फुटबल प्रमुख अलेक्जेन्ड्रो डोमिनुएजसँग शनिबार भएको वार्तामा भने, ‘हामी सबै चाहन्छौँ, स्थगित खेल छिट्टै सुरु होस्, तर यो सम्भव छैन । अहिले हामी पुरानो स्वरूपमा फर्कन समय लाग्छ ।’