मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २३ आइतबार ०६:५६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

कैलाली, कञ्चनपुर र बाग्लुङमा कोरोनाको र्‍यापिड टेस्ट गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २३ आइतबार ०६:५६:००

सरकारले कैलाली, कञ्‍चनपुर र बाग्लुङमा कोरोनाको र्‍यापिड टेस्ट गर्ने निर्णय गरेको छ । उपत्यकाबाहिर यी जिल्लामा कोरोना संक्रमण देखिएको छ । मन्त्रिपरिषद्को शनिबारको बैठकले तीनवटै जिल्लामा ठूलो संख्यामा कोरोनाको नमुना परीक्षण गर्ने र शंका लागेकालाई पिसिआर प्रविधिबाट पुनः परीक्षण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताए । 

बैठकले आवागमनमा थप कडाइ गर्ने निर्णय पनि गरेको छ । संक्रमणको रोकथाम तथा न्यूनीकरणका लागि एक प्रदेशबाट अर्कोमा, एक जिल्लाबाट अर्कोमा र एक स्थानीय तहबाट अर्कोमा हुने आवागमनमा थप कडाइ गर्ने निर्णय गरेको मन्त्री खतिवडाले बताए । लकडाउनको समय थप्ने–नथप्नेबारे अर्को बैठकमा निर्णय हुने उनले बताए । 

बैठकले स्वास्थ्यकर्मीहरूको मनोबल वृद्धि गर्न प्रोत्साहन भत्ताको व्यवस्था गर्नुका साथै स्वास्थ्य सुरक्षाका उपकरण यथासम्भव छिटो उपलब्ध गराउने निर्णय पनि गरेको छ । उपचारको क्रममा स्वास्थ्यकर्मीमाथि बाधा उत्पन्न गराउने तथा स्वास्थ्यकर्मीको सुरक्षामा आँच पु¥याउने काम गर्ने व्यक्तिलाई कारबाही गर्ने निर्णय बैठकले गरेको छ । 
बैठकले सजाय निर्धारण गर्ने समितिमा बाहिरका विज्ञ व्यक्ति राख्ने व्यवस्थाअनुसार रवीन्द्र भट्टराई र कुन्साङ लामालाई नियुक्त गरेको छ । त्यस्तै, अपराधपीडित संरक्षण समितिमा विज्ञ रहने गरी डाक्टर शंकरकुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय भएको छ ।