१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ९ बुधबार ०८:१५:००
Read Time : < 1 मिनेट
सप्तरंग

मिटु मुभमेन्टबाट खुसी कंगना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ९ बुधबार ०८:१५:००

कंगना रनौत पहिलोपटक जीवनीमा आधारित फिल्ममा देखिँदै छिन् । रानी लक्ष्मीबाईको जीवनीमा आधारित फिल्म ‘मणिकर्णिका : द क्विन अफ झाँसी’ मा कंगना मुख्य भूमिकामा छिन् । उनी अहिले फिल्मको प्रमोसनमा व्यस्त छिन् ।

मीटु मुभमेन्टसँग जोडिएपछि उनले दैनिक पत्रिका इन्डियन एक्सप्रेसलाई भनेकी थिइन्, ‘फिल्म उद्योगमा केही परिवर्तन भएका छन् । यौनशोषण गर्ने केही नाम बाहिर आएका छन्, यो सराहनीय काम हो । आन्दोलनको राम्रो कुरा यो हो कि अब मान्छेहरू आफ्नो व्यवहारमा ध्यान दिनेछन् । कसैलाई लाजमर्दो बनाउने वा यौनशोषण गर्नुभन्दा पहिले उसले १० पटक सोच्नेछ ।’

केही पहिले मात्र कंगनाले आफूलाई भएको यौनशोषणबारे मुख खोलेकी थिइन् । उनले भनेकी थिइन्, ‘जब म १६ वर्षकी थिएँ, मैले यौनशोषणविरुद्ध एफआइआर दर्ता गरेकी थिएँ ।’ उनको फिल्म यही २५ जनवरीबाट रिलिज हुँदै छ । यसै फिल्मबाट उनी निर्देशक पनि हुँदै छिन् ।