मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २२ शनिबार २०:०१:००
Read Time : < 1 मिनेट
समाचार

कोरोनाविरुद्ध लड्न भट्टराई र गिरीलगायतले बनाए संयोजन समिति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २२ शनिबार २०:०१:००

कोभिड-१९ विरुद्धको लडाइँमा सरकारका कामलाई रचनात्मक सहयोग पुऱ्याउन र आवश्यक सुझाब दिन राजनीतिक दलका नेता र नागरिक समाजका अगुवाले संयोजन समिति बनाएका छन् ।
 
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र राजनीतिज्ञ एवं सांसद प्रदीप गिरिलगायतले कोरोना महाव्याधिविरुद्ध सार्वजनिक पहल, नेपाल (कोमविसाप) नाम दिइएको समिति बनाएका हुन् । समितिमा जनस्वास्थ्य, अर्थलगायतका विभिन्न क्षेत्रमा १७ जना छन् ।
 
महाव्याधिका कारण सिर्जित बहुआयामिक संकटलाई व्यवस्थित गर्न राज्यले चालिरहेको कदममा रचनात्मक सहयोग गर्न प्रयास थालिएको अभियानले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

‘कोरोना महाव्याधिलाई व्यवस्थापन गर्ने सवालमा नेपाल सरकारका विभिन्न कमी–कमजोरी भए पनि सरकारले गरेको कामलाई सहयोग गर्ने, जिम्मेवार बनाउन प्रश्न गर्ने, निगरानी गर्ने र कोरोना महाव्याधिले विभिन्न तरिकाले संक्रमितलाई सहयोग गर्न सहजीकरण गर्ने दायित्व हामी सबैको हो,’ कोमविसापले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रदेश हुँदै पालिकास्तरसम्म संयोजन समिति गठन गरिने समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिए । अन्त्यमा राज्यले गरेका कार्य एवं अभियानले चालेका कदमबारे श्वेतपत्र जारी गरिने उनले जानकारी दिए । केन्द्रीय संयोजन समितिमा विभिन्न सार्वजनिक क्षेत्रका इच्छुक विज्ञ तथा स्वयंसेवी युवालाई सहभागी गराउँदै लगिने उनले बताए ।