मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ चैत २२ शनिबार १९:५६:००
Read Time : < 1 मिनेट
समाचार

सिमकोट गाउँपालिकाले खरिद गर्‍याे स्वास्थ्य सामग्री

Read Time : < 1 मिनेट
२०७६ चैत २२ शनिबार १९:५६:००

 सिमकोट गाउँपालिकाले कोरोना संक्रमणविरुद्ध लड्न भन्दै औषधिसहित स्वास्थ्य उपकरण खरिद गरेको छ ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन औषधि र स्वास्थ्य उपकरण खरिद गरिएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाका लागि ३० सेट पिपिई, १६ वटा थर्मोगन, सर्जिकल मास्क, पन्जाललगायतका सामग्री खरिद गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले जानकारी दिए । 

गाउँपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाका लागि आवश्यक औषधि र उपकरण खरिद गरेको दर्जीले बताए ।

खरिद गरेका सामग्री केही दिनमा गाउँपालिकासम्म पुग्ने अधिकृत दर्जीको भनाइ छ ।