Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २२ शनिबार १७:५६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

कोरोना आशंकामा साढे १४ सयको नमुना परीक्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २२ शनिबार १७:५६:००

कोरोना संक्रमणको आशंकामा राष्ट्रिय प्रयोगशालामा शनिबारसम्ममा एक हजार चार सय ४१ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार गरिएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उपत्यकाभित्र १५ जना र विभिन्न प्रदेशमा गरी ५४ जना आइसोलेसनमा उपचाररत रहेको पनि जानकारी दिए ।

प्रयोगशालामा आज गरेको नमुना परीक्षणमा थप तीनजनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या नौ पुगेको पनि उनले जानकारी दिए । ‘संक्रमण देखिएका तीनैजना सुदूरपश्चिमका छन्,’ उनले भने, ‘जसमध्ये भारतको मुम्बईबाट फर्किएका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका ४१ वर्षीय पुरुष रहेका छन् ।’

त्यसैगरी ३४ वर्षीया महिलामा पनि कोरोना संक्रमण देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए । उनले भने, ‘ती महिला यसअघि संक्रमण पुष्टि भएका पुरुषकी आफन्त हुन् ।’ कोरोना संक्रमण एक व्यक्तिबाट अर्कोमा सरेको पहिलो केस भएको भन्दै उनले स्थानीय संक्रमण देखिएकाले थप सतर्कता अपनाउनुपर्ने बताए ।