Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २२ शनिबार १७:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कोरोना संक्रमणको परीक्षण बढाउन कांग्रेसको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २२ शनिबार १७:४०:००

प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोरोना संक्रमण (कोभिड– १९)को परीक्षण बढाउन सरकारसँग माग गरेको छ ।

कोरोना भाइरस संक्रमितको संख्या नौ पुगेसँगै कोरोना परीक्षण बढाउन कांग्रेसले माग गरेको हो । शनिबार मात्रै तीनजना संक्रमित थपिएका छन् ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गरी यसअघि संक्रमित देखिएका सबैको परिवारजन, छिमेकी र घुलमिल भएका साथी समूहको तत्काल परीक्षण गर्न माग गरे ।

कांग्रेसले देशबाहिरबाट आएका नेपालीलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्न कडाइ गर्न पनि माग गरेको छ । कोरोनाप्रति हेलचेक्र्याइँ गर्नु भनेको समुदायमा संक्रमण फैलने छुट दिनु भएको भन्दै शर्माले गम्भीरता देखाउन सरकारसँग आग्रह गरेका छन् ।