मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका कञ्चनपुर
२०७६ चैत २२ शनिबार १६:५१:००
Read Time : < 1 मिनेट
अर्थ

वेदकोट नगरपालिकाको राहत कोषमा काठ व्यवसायीको एक लाख एक हजार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका कञ्चनपुर
२०७६ चैत २२ शनिबार १६:५१:००

कञ्चनपुरको वेदकोट नगरपालिका क्षेत्रका काठ व्यवसायीले नगरपालिकाले स्थापना गरेको विपत् राहत कोषमा एक लाख एक हजार रुपैयाँ सहयोग गरेका छन् ।

नगरपालिकाले कोरोना भाइरस (कोभिड– १९) रोकथामका लागि स्थापना गरेको राहत कोषमा शनिबार जिल्ला वन पैदावार व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष कैलाशदेव सुनारले वेदकोटका मेयर अशोककुमार चन्दलाई एक लाख एक हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

वेदकोट– ५ का वडाध्यक्ष गणेश विक ‘कुशल’ले काठ व्यवसायीले कोरोनाको जोखिम न्यूनीकरणका लागि स्थापना गरिएको कोषमा सहयोग गरेको बताए । उनका अनुसार वेदकोट नगरका निजी विद्यालयलगायतका व्यवसायीले ६ लाख १५ हजार रुपैयाँबराबरको खाद्यान्नसमेत सहयोग गरेका छन् ।