१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ चैत २२ शनिबार १५:५४:००
Read Time : < 1 मिनेट
समाचार

सल्यानमा लकडाउन उल्लंघन गर्ने एक पक्राउ, कपुरकोटमा १६ परिवारलाई राहत बाँडियो

Read Time : < 1 मिनेट
२०७६ चैत २२ शनिबार १५:५४:००

लकडाउनका वेला अनावश्यक हिँडडुल गर्ने र त्यसो नगर्न सचेत गराउँदा प्रहरीलाई नै अभद्र व्यवहार गरेको आरोपमा एकजनालाई सल्यानमा प्रहरीले नियन्त्रणमा लिएको छ । 

जिल्लाको बागचौर नगरपालिका– २ का झक्कु बस्नेतलाई नियन्त्रणमा लिई मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बागचौर बजारमा अनावश्यक रूपमा हिँडडुल गरिरहेको वेला घरबाहिर निस्कन हुँदैन भनी सम्झाउँदा उल्टै प्रहरीमाथि बस्नेत जाइलागेको प्रहरीले जनाएको छ । 

यसरी प्रहरीमाथि नै अभद्र व्यवहार गरेकाले उनीमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्ध कसुर मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

उनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यसैबीच सल्यानको कालिमाटी गाउँपालिकामा १६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । 

छिमेकी मुलुक भारत र विभिन्न जिल्लाबाट कालिमाटी गाउँपालिकामा आएकालाई गाउँपालिकाको घुइयाबारीमा रहेको क्वारेन्टाइनमा राखिएको हो ।

क्वारेन्टाइनमा रहेकाहरूमध्ये १४ जना पुरुष र दुईजना महिला रहेको कालिमाटी गाउँपालिका– ७ का वडाध्यक्ष नैनसिंह राणाले जानकारी दिए । 

कपुरकोट गाउँपालिका– २ का १६ घरपरिवारलाई चामल, नुन, तेललगायतका सामग्री वितरण गरिएको अध्यक्ष भीमबहादुर सेनले जानकारी दिए । 

प्रतिपरिवार २५ किलो चामल, एक किलो दाल, नुन, एक लिटर तेल र एउटा साबुन वितरण गरिएको हो ।