१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २२ शनिबार १५:२६:००
Read Time : < 1 मिनेट
समाचार

संक्रमणको चेन तोड्न परीक्षणको दायरा बढाऔँ : गगन थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २२ शनिबार १५:२६:००

प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता गगन थापाले कोरोना भाइरस संक्रमण परीक्षणको दायरा बढाउनुपर्ने बताएका छन् । नेपालमा पनि कोरोना भाइरस संक्रमित बढिरहेको अवस्थामा थापाले परीक्षणको दायरा बढाउनुपर्ने बताएका हुन् । 

शनिबार सामाजिक सञ्जाल ट्विटरमा आफ्नो धारणा सार्वजनिक गर्दै थापाले भने, ‘हामीले निरन्तर भनिरह्यौँ ! संक्रमणको चेन तोड्न परीक्षणको दायरा बढाऔँ, संक्रमितको सम्पर्कमा रहेकाको खोजी गरौँ, अलग राखौँ र लक्षण नदेखिए पनि परीक्षण गरौँ ।’

पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले सरकारले चेत्नुपर्ने बताए । उनले थपे, ‘सरकार ! अब त चेतौँ । परीक्षणको दायरा फराकिलो बनाऔँ, परीक्षणको गति र संख्या बढाऔँ ।’ स्वास्थ्य मन्त्रालयका अनुसार आज मात्रै तीनजना कोरोना संक्रमित थपिएका छन् । संक्रमितकाे संख्या नौ पुगेको छ ।