मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी
२०७६ चैत २२ शनिबार १४:३०:००
Read Time : > 1 मिनेट
विश्व

कोरोनाको महामारीले नछोएका यी ठाउँहरू

Read Time : > 1 मिनेट
एजेन्सी
२०७६ चैत २२ शनिबार १४:३०:००

विश्वका धेरै देशहरू कोरोना भाइरसको चपेटामा छन् । लगभग सबै विश्व बन्द छ । एकचौथाइ जनसंख्या घरभित्रै छ । शक्तिराष्ट्रहरू धेरै प्रभावित छन् र  भाइरसविरुद्ध लडिरहेका छन् । यही अवस्थामा संयुक्त राष्ट्र संघका प्रमुखले कोरोना महामारी दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो चुनौती भएको बताएका छन् ।  

तर, विश्वमा केही ठाउँ बाँकी छन्, जहाँ कोरोना भाइरसको संक्रमण पुगेको छैन । 

प्रशान्त महासागरीय द्वीप टुभालु र पूर्व सोभियत रिपब्लिक मुलुक तुर्केमेनिस्तानमा पनि भाइरसको संक्रमण देखिएको छैन । 

जोन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वका एक सय ९० भन्दा बढी देशमा भाइरसको संक्रमण फैलिएको छ । करिब ६० हजार मानिसले ज्यान गुमाएका छन्, ११ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । 

यही अवस्थामा जोन हप्किन्स विश्वविद्यालयले विश्वका ४० ठाउँमा भाइरसको संक्रमण नदेखिएको भनेर सूचीकृत गरेको छ । 

तुर्केमेनिस्तानमा कोरोना भाइरस शब्द प्रयोग गर्न पनि प्रतिबन्ध लगाइएको छ । उत्तर कोरियाले आफूलाई कोरोनामुक्त देश घोषणा गरेको छ, तर यसमा भने धेरैले आलोचना गर्दै आइरहेका छन् । 

यमनमा युद्ध जारी छ । यहाँ भाइरसको परीक्षण गर्नु र उपचार गर्नु एक ठूलो चुनौतीको रूपमा देखिएको छ । यमनमा अहिलेसम्म भाइरसको संक्रमण भेटिएको भने छैन । 

केही अफ्रिकी देशमा पनि अहिलेसम्म भाइरसको संक्रमण देखिएको छैन । यहाँ परीक्षण किटको अभावका कारण यो अवस्था आएको पनि बताइएको छ । र अर्को भाइरसको संक्रमण नदेखिएको स्थान अन्टार्टिका हो, यहाँ मानिसको बस्ती छैन, तर अनुसन्धानका लागि त्यहाँ विभिन्न केन्द्र भने छन् । 

यीबाहेक मलावी, नाउरु, ताजकिस्तान, तोंगा, पश्चिम साहारा, पलाउ, कुक टापु, कोमोरस, ब्रिटिस इन्डियन ओसियन टेरोटोरी, किरीबाटी, लेसोथो, सामोआ, सोलोमन टापु, तोकेलाउ, माइक्रोनेसिया, मार्सल टापु, फकल्यान्ड, म्याकडोनाल्ड टापु, वालिस र फुतुना टापु, सेन्ट हेलेना, भानुआटुलगायतका क्षेत्रमा भाइरसको संक्रमण देखिएको छैन । 

यहाँ उल्लेख भएका धेरै ठाउँ पर्यटकीय गन्तव्य हुन् । विश्वभर उडानमा प्रतिबन्ध लागेपछि त्यहाँ मानिसको आवतजावत ठप्प भएका कारण पनि भाइरसको संक्रमण नदेखिएको हुन सक्ने अनुमान गरिएको छ । यी क्षेत्रमा जनसंख्या त्यति बाक्लो छैन र यी अधिकांश ठाउँ सानासाना क्षेत्रफल भएका टापु हुन् ।