मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ चैत २२ शनिबार १४:०६:००
Read Time : < 1 मिनेट
समाचार

शिक्षक र कर्मचारीको तलबबाट १२ लाख विपत् कोषमा जम्मा

Read Time : < 1 मिनेट
२०७६ चैत २२ शनिबार १४:०६:००

पर्वतको फलेबास नगरपालिकामा कार्यरत शिक्षक र कर्मचारीले आफ्नो तलबबाट कटाएर १२ लाख रुपैयाँ रकम विपत् कोषमा जम्मा गरेका छन् । पालिकामातहतका विभिन्न कार्यालय तथा विद्यालयमा अध्यापनरत शिक्षकले आफ्नो तलबबाट विपत् कोषका लागि उक्त रकम उपलब्ध गराएका हुन् । 

नगरपालिकाभित्र काम गर्ने सरकारी सेवाका कर्मचारीले तीन दिनबराबरको तलब र शिक्षकले दुई दिनबराबरको तलब विपत् कोषमा उपलब्ध गराएका हुन् । फलेबासमा शिक्षक र कर्मचारी गरी करिब आठ सयजनाबाट उक्त रकम संकलन भएको नगरपालिकाल जनाएकाे छ । 

यसअघि फलेबास नगरपालिकाले विपत् कोषका लागि ३५ लाख रकम जम्मा गरिसकेको छ भने शिक्षक–कर्मचारीबाट संकलित १२ लाखसमेत गरी ४७ लाख रुपैयाँ विपत् कोषमा पुर्‍याएको छ । 

पालिकाले अन्य सहयोगी दाताहरूसँग पनि सहयोग गर्न आह्वान गरेको  नगरप्रमुख पदमपाणि शर्माले जानकारी दिए । उनका अनुसार सहयोग आउने क्रम जारी छ । कोषमा एक करोड पुर्‍याउने लक्ष्य लिएको र कोरोना प्रभावितका लागि राहत वितरण गर्न मापदण्डसमेत बनाएर अघि बढेको उनले बताए । 

फलेबास नगरपालिकाले कोरोना भाइरसको संक्रमण रोकथामका लागि दुई  सय १२ क्वारेन्टाइनसमेत निर्माण गरेको छ । हालसम्म फलेवासमा तीनजना पुरुष मात्र क्वारेन्टाइनमा छन् ।