मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ चैत २२ शनिबार १४:००:००
Read Time : < 1 मिनेट
विश्व

भारतमा ५० स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित

Read Time : < 1 मिनेट
२०७६ चैत २२ शनिबार १४:००:००

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा डाक्टरसहित ५० जना स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भएका छन् । अस्पतालहरूमा सुरक्षा उपकरण अभावका कारण डाक्टर र अन्य स्वास्थ्यकर्मी सबैभन्दा बढी जोखिममा रहेका छन् । 

भारतमा योसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या अहिलेसम्म दुई हजार पाँच सय ४७ पुगेको छ । भारतमा हालसम्म यो सङ्क्रमणबाट कम्तीमा पनि ६२ जनाको ज्यान गएको छ । 

त्यसैगरी यसका सङ्क्रमितहरूमध्ये एक सय६२ जना निको भएर घर फर्किएका छन् । अरू सबैजना अस्पतालमा उपचाररत छन् ।

भारतीय अधिकारीहरूले यो अवस्थालाई निकै गम्भीर भनेका छन् । यसैगरी नयाँ सङ्क्रमित थपिँदै जाने हो भने अझै अवस्था गम्भीर हुने देखिएको उनीहरूको भनाइ छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा प्रत्येक दिन नयाँनयाँ सङ्क्रमितहरू थपिँदै गएकाले लकडाउनको अवस्थामा थप कडाइ गर्नुपर्ने धारणा राख्दै आएको छ ।

भारतलाई मार्च २४ देखि २१ दिनसम्म लकडाउन गरिएको छ । भाइरसको संक्रमणलाई फैलिन नदिन सामाजिक दूरी कायम राख्न पनि आग्रह गरिएको छ । 

एक अर्ब ३० करोड जनसंख्या भएको भारतको महाराष्ट्र, तमिलनाडु, केरला, नयाँदिल्ली, आन्ध्र प्रदेश, कर्नाटक, राजस्थान, तेलांगना, चन्डीगढ,  जम्मु र कस्मिर, लद्दाख, मिजोरम, आसाम र मणिपुरलगायतका राज्यमा कोरोना भाइरस सङ्क्रमण पाइएको र कतिपय राज्यमा व्यक्तिहरूको ज्यान गएको छ ।