मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ चैत २२ शनिबार १४:०६:००
Read Time : < 1 मिनेट
समाचार

घरघरमा साबुन बाँड्दै हात धुन सिकाउँदै वडाध्यक्ष

Read Time : < 1 मिनेट
२०७६ चैत २२ शनिबार १४:०६:००

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका– ३ का वडाध्यक्ष प्रत्येक घरमा पुगेर कोरोना भाइरस (कोभिड– १९) का बारेमा जनचेतना फैलाउन थालेका छन् । अध्यक्ष जनक केसीले आफ्नो वडाका प्रत्येक घरमा पुगेर साबुन बाँड्दै हात धुन सिकाएका हुन् । 

ग्रामीण भेगका जनता कोरोना भाइरसबारे यथार्थ कुरै नबुझेर त्यसै त्रसित भएको बताउँदै यसबारे फैलिएको भ्रम चिर्न र पूर्वसजकता अपनाउन अध्यक्ष केसी  स्वास्थ्यकर्मीसहित घरघरमा पुगेर सचेत गराएका हुन् ।