१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ चैत २२ शनिबार १३:५४:००
Read Time : < 1 मिनेट
विश्व

कोरोना भाइरसबाट मृत्यु भएकाको सम्झनामा चीनले शोक मनायो  

Read Time : < 1 मिनेट
२०७६ चैत २२ शनिबार १३:५४:००

चीनमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरूको सम्झनामा शनिबार बिहान मौनधारण गरिएको छ । 

स्थानीय समयानुसार बिहान १० बजेदेखि ३ मिनेटसम्म मौनधारण गरिएको थियो ।  कार्यक्रममा राष्ट्रपति सी जिनपिङलगायतका विशिष्ट व्यक्तिको पनि सहभागिता थियो । 

मौनधारणमा सहभागीहरूले मृतकको सम्मान र सम्झना गरेको अधिकारीहरूले जनाएका छन् । मौनधारणका वेला सबै सवारीसाधन जहाँको तहीँ रोकिएका थिए भने राष्ट्रिय झण्डा झुकाइएको थियो । 

मौनधारण कार्यक्रम चीनबाहिर रहेका कूटनीतिक निकायमा समेत गरिएको थियो । यस कार्यक्रममा करोडौँ व्यक्ति सहभागी रहेको समाचारमा जनाइएको छ ।

गत डिसेम्बरको अन्त्यबाट चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण चीनमा तीन हजार तीन सय २६ जनाको मृत्यु भइसकेको छ । यस भाइरसबाट ८१ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएका थिए । जसमध्ये ७५ हजारभन्दा बढी निको भइसकेका छन् ।  

कोरोना भाइरसको सङ्क्रमणबाट चीनमा १४ जना स्वास्थ्यकर्मीले पनि ज्यान गुमाएका छन्  । 

चीनमा दिवंगत मान्छेको सम्झना गरिने चिन्मिङ पर्वको अवसर पारेर सरकारले मौनधारण कार्यक्रम तय गरेको बताइएको छ ।