१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ चैत २२ शनिबार १३:०१:००
Read Time : < 1 मिनेट
समाचार

बस्ती छिर्न निषेध गरेपछि मागेर गुजारा गर्ने घुमन्तेलाई छाक टार्न समस्या

Read Time : < 1 मिनेट
२०७६ चैत २२ शनिबार १३:०१:००

गाउँगाउँ डुली मागेर जीविका चलाउँदै आएका घुमन्ते परिवारलाई काेराेनाकाे प्रकाेपपछि जीविकोपार्जनमा समस्या भएको छ । कोरोनाको डरले घुमन्तेहरूलाई बस्तीमा प्रवेश गर्न दिइएको छैन । बालबालिकाहरूले नै अचेल बस्ती घुमेर पाएको थोरै अन्न सबै परिवार मिलेर खाने गरेका छन् ।

बल्वा नगरपालिका– ६ अमरपुरस्थित आँपबगैँचामा बसोवास गर्दै आएका करिब २० परिवार घुमन्तेको ठूला सदस्य बस्तीमा माग्न जाँदा ढोका खोल्न नमान्ने बस्तीका बासिन्दाहरू बालबालिकाको माया लागेर टाढैबाट थोरै अन्न दिने गरेको र सोहीले गुजारा चलाउनुपरेको बताउँछन् ।

स्थायी ठेगाना बल्वा– १० धमौरा भए पनि घुमन्ते जीवन बिताउँदै आएका नन्दलाल राठौर तथा उनीहरूसँगै थप २० परिवार लकडाउनको वेला अन्यत्र सर्नसमेत समस्या भएको र जुन ठाउँ गए यस्तै समस्या हुने भएपछि उनीहरूले सरकारसँग राहतको माग गरेका छन् ।  

यता बल्वा नगरपालिकाका मेयर विनोद यादव नगरपालिकाका घुमन्तेहरूलाई सहयोग गर्न असमर्थ रहेको बताउँछन् । उनी नगरपालिकाको बजेट नगरवासीका लागि मात्र सीमित रहेकाले आफूले चाहेर पनि घुमन्तेहरूका लागि केही गर्न नसक्ने बताउँछन् ।