१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७६ चैत २२ शनिबार १०:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

ज्वरोका बिरामी बोक्न नमान्ने सरकारी एम्बुलेन्स भाडामा यात्रु बोक्छन्

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७६ चैत २२ शनिबार १०:११:००

सामान्य ज्वरो र रुघाखोकीका बिरामी बोक्न नमान्ने कालिकोट जिल्ला स्वास्थ्य सेवा कार्यालयको हरियो अस्थायी नम्बर प्लेटको एम्बुलेन्सले भाडामा यात्रु बोक्ने गरेको छ ।  लकडाउनका कारण अन्य सवारी साधन नचलेपछि एम्बुलेन्सले यात्रु बोक्ने गरेको हो । बिहीबार राति जिल्ला स्वास्थ्य सेवा कार्यालयको एम्बुलेन्सले सुर्खेतको वीरेन्द्रनगरबाट ७ जना यात्रु बोकेर कालिकोट गएको थियो । 

कुनै बिरामी नभएको बेला बुधबार राति कालिकोटबाट आएको जिल्ला स्वास्थ्य सेवा कार्यालयको एम्बुलेन्सले सुर्खेतको वीरेन्द्रनगरबाट ७ जना यात्रुलाई ४ हजारका दरले भाडा लिएर कालिकोट गएको हो । 

सुर्खेतबाट एम्बुलेन्समा यात्री बनेर गएका कालिकोट रास्कोट नगरपालिका–६ का सनेश शाहीले ज्वरो आएको छैन भने तपाईलाई लैजाने भनेर ड्राइभरले भनेकाले आफु बिहिबार राति कालिकोट पुगेको बताए । ‘मसँग चार हजार रुपैयाँ भाडा लियाे ,’ उनले भने, ‘ज्वरोका बिरामी बोक्न नमान्ने एम्बुलेन्सले यात्रु भने लकडाउनमा बोक्ने गरेको रहेछ ।’

यात्रु बोकेको विषयमा आफुलाई जानकारी नभएको र त्यस्तो भएको रहेछ भने कारवाही गर्ने जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख कटकबहादुर महतले बताए । ‘मलाई कुनै जानकारी नै छैन्,’ उनले भने,‘दुरूपयाेग भएकाे भए कारवाही हुन्छ ।’

मंगलबार मात्र जिल्ला स्वास्थ्य सेवा कार्यालयको एम्बुलेन्सले कालिकोट प्रदेश सभा ‘क’ का सांसद कुर्मराज शाही लगायतको टोलीलाई बोकेर कालिकोट पुगेको थियो । गत बिहीबार नै सुर्खेतस्थित नेपाल अर्बुद निवारण संस्थाको एम्बुलेन्सले बिरामीको बहानामा सुर्खेतबाट मुगुसम्म खचाखच मान्छे बोकेको भेटिएको हो । भे १ च ६७६ नम्बरको उक्त एम्बुलेन्सले १२ जनालाई बोकेर मुगु पुगेको थियो ।