मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ माघ ९ बुधबार ०७:३७:००
Read Time : < 1 मिनेट
समाचार

एक महिनादेखि बेपत्ता महिला अझै फेला परिनन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ९ बुधबार ०७:३७:००

ललितपुरको ठैबबाट एक महिनादेखि बेपत्ता ६४ वर्षीया जानुका गौतम अझै फेला परेकी छैनन् । प्रहरीका अनुसार उनी १२ पुसमा ठैबस्थित आफ्नै निवासबाट बेपत्ता भएकी थिइन् ।  छोरा जीवनका अनुसार उनको मानसिक अवस्था ठीक थिएन ।

लामो समयदेखि डिप्रेसनको औषधि सेवन गरिरहेकी उनी बिहान १० बजे घरबाट एकाएक बेपत्ता भएको जीवनले बताए । उनले भने, ‘बिहानको खाना खाएपछि एकाएक बेपत्ता हुनुभयो । कहाँ जानुभयो केही ठेगान छैन ।

प्रहरी कार्यलयमा पनि उजुरी गरिएको छ । तर, अहिलेसम्म केही पत्तो पाउन सकिएको छैन । हामीले पनि खोजी गरिरहेका छौँ ।’ जानुकाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।