मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ माघ ९ बुधबार ०७:२७:००
Read Time : < 1 मिनेट
समाचार

सातौँ फर्मा एक्स्पो चितवनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ९ बुधबार ०७:२७:००

सातौँ  नेपाल फर्मा तथा हेल्थ एक्स्पो पहिलोपटक चितवनमा हुने भएको छ । हरेक दुई÷दुई वर्षमा हुँदै आएको एक्स्पो पहिलोपटक १७–१९ फागुनमा चितवनमा हुन लागेको हो । आयोजक नेपाल औषधि उत्पादक संघले मंगलबार पत्रकार सम्मेलन गर्दै एक्स्पोबारे जानकारी गराएको हो । 

नेपाललाई औषधि उत्पादनको क्षेत्रमा आत्मनिर्भर बनाउने संघको उद्देश्य छ । संघले उत्पादन गर्दै आएका औषधि र औषधिमा प्रयोग हुने प्रविधि, ल्याब र मेसिनहरूको प्रत्येक दुई÷दुई वर्षमा एक्स्पो गर्दै आएको संघका महासचिव प्रज्ज्वलजङ पाण्डेले बताए । एक्स्पोमा सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै पहिलोपटक मरणोपरान्त अंगदानको अभियानलाई पनि संस्थागत गरिने उनले बताए ।

पाण्डेले भने, ‘सातौँ एक्स्पो नेपालमा औषधि उत्पादन क्षेत्रले अँगाल्दै आएको ज्ञान तथा प्रविधिको विस्तारका अतिरिक्त सामाजिक उत्तरदायित्व निर्वाह गर्ने अभियानसहित हुन लागेको छ । यो अवसरमा एक्स्पोमार्फत कम्तीमा १ हजारजनाले अंगदान गर्ने अनुमान छ ।’

पाण्डेका अनुसार एक्स्पोमा २ सय स्टल रहनेछन् । औषधिको क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न ३० वटा बहुराष्ट्रिय कम्पनी, १ सय २० भारतीय र १० चिनियाँ कम्पनीले एक्स्पोमा सहभागिता जनाउनेछन् । निजी क्षेत्रका १० वटा अस्पतालले समेत एक्स्पोमा भाग लिने बताइएको छ । एक्स्पोमा ५० हजारले अवलोकन गर्ने अनुमान आयोजकको छ ।