मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७६ चैत २१ शुक्रबार १७:५५:००
Read Time : < 1 मिनेट
विश्व

कोरोना संक्रमणका कारण दक्षिण अफ्रिकी वैज्ञानिकको मृत्यु

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ चैत २१ शुक्रबार १७:५५:००

कोरोना भाइरसको संक्रमणका कारण दक्षिण अफ्रिकाकी ख्यातिप्राप्त वैज्ञानिक गीता रामजीको मृत्यु भएको छ । 

उनको दरबान अस्पतालमा मंगलबार मृत्यु भएको हो । उनी ६४ वर्षकी थिइन् । 

रामजी दक्षिण अफ्रिकी महिलाहरूले सामना गर्नुपर्ने जीवनशैली, परिस्थिति र सम्भावित जोखिमबारे अध्ययन गर्थिन् । एचआइभीको प्रभावकारी खोप पत्ता लगाउने र एचआइभी रोकथाममा गरेको प्रयासका कारण उनी प्रख्यात छिन् । 

उनी हालै बेलायत भ्रमणबाट दक्षिण अफ्रिका फर्केकी थिइन् । भाइरसको कुनै लक्षण नदेखिए पनि उनी अस्पताल गएकी थिइन्, त्यहाँ उनलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको थियो । 

दक्षिण अफ्रिकामा कोरोना भाइरसबाट अहिलेसम्म पाँचजनाको मृत्यु भएको छ भने एक हजार तीन सय ८० जना संक्रमित भएका छन् ।