१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २१ शुक्रबार १३:४७:००
Read Time : < 1 मिनेट
प्रवास

गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले एक लाख ५० हजार डलरको स्वास्थ्य सामग्री पठाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २१ शुक्रबार १३:४७:००

गैरआवासीय नेपाल संघ दक्षिण कोरियाले कोरोना भाइरस जोखिमविरुद्ध लड्न नेपाल सरकारलाई अत्यावश्यक स्वास्थ्य सामग्री पठाउने भएको छ । 

एनआरएन दक्षिण कोरियाले एक लाख ५० हजार अमेरिकी डलरबराबरको स्वास्थ्य सामग्री पठाउन लागेको एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्तले जानकारी दिए । 

एनआरएन दक्षिण कोरियाले दुई हजार थान पिपिई सेट, १० हजार थान एन ९५ मास्क, २० हजार सर्जिकल मास्क, दुई हजार गगल्स, दुई हजार प्रोटेक्टिङ भाइजर, १० हजार ग्लोभ्स, पाँच् सय आइआर थर्मोमिटर र चार हजार कोरोना टेस्ट किट पठाउन लागेको हो । 

उक्त स्वास्थ्य सामग्री आइतबारसम्म नेपाल आइपुग्ने अध्यक्ष पन्तले बताएका छन् । नेपाल सरकारलाई सहयोग गर्न लागिएका सामग्रीमध्ये टेस्ट किट सीधै कोरियाबाट कोरियन एयरलाइन्सबाट नेपाल पठाउने तयार भइरहेको छ । 

तर, उडान मिति निश्चित नभएको भन्दै सरकारसँग यसका लागि समन्वय गरिदिन एनआरएनले आग्रह गरेको छ । 

त्यस्तै, टेस्ट किटबाहेक बाँकी सबै सामग्री चीनको ग्वान्जाउस्थित महावाणिज्य दूतलाई हस्तान्तरण गरिएको छ ।