१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २१ शुक्रबार १०:४०:००
Read Time : < 1 मिनेट
समाचार

ईश्वर पोखरेल र भानुभक्त ढकाललाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्छ : प्रदीप पौडेल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २१ शुक्रबार १०:४०:००

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं नोबेल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पदबाट बर्खास्त गर्नुपर्ने बताएका छन् । 

चीनबाट स्वास्थ्य सामग्री खरिदमा उनीहरूले भ्रष्टाचार गरेको भन्दै नेता पौडेलले पदबाट बर्खास्त गर्नुपर्ने बताएका हुन् । ‘प्रधानमन्त्रीज्यू तपाईंमाथि भरोसा राख्नलाई संयोजक पोखरेल र मन्त्री ढकाललाई तत्काल पदबाट बर्खास्त गर्नुस्,’ पौडेलले भने । शुक्रबार  ट्विटरमा आफ्नो धारणा सार्वजनिक गर्दै नेता पौडेलले ब्रह्मलुट गर्नेहरूबाट जनताको स्वास्थ्य सुरक्षा नहुने बताउँदै सरकार संकटमा परेको बताएका छन् । 

उनले भने, ‘ब्रह्मलुट गर्नेहरूबाट जनताको स्वास्थ्य सुरक्षा कसरी हुन्छ ? विपतको नेतृत्व गर्ने सरकारको विश्वास संकटमा परेको छ।’ मन्त्रिमण्डल नै बिचौलियाहरूको समूहजस्तो देखिएको उनले बताए ।