मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७६ चैत २१ शुक्रबार १०:३८:००
Read Time : < 1 मिनेट
विश्व

कोरोना भाइरसबाट सोमालियाका पूर्वप्रधानमन्त्रीको मृत्यु

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ चैत २१ शुक्रबार १०:३८:००

सोमालियाका पूर्वप्रधानमन्त्री नूर हसन हुसेनको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । बुधबार लन्डन अस्पतालमा उनको मृत्यु भएको हो । हुसेन ८३ वर्षका थिए । कोरोना भाइरसको संक्रमण देखिएपछि उनी दुई सातादेखि किंग्स कलेज अस्पतालमा उपचाररत थिए । 

उनी सन् २००७ देखि २००९ सम्म सोमालियाका प्रधानमन्त्री भएका थिए । 

उनी इटालीका लागि सोमालियाका पूर्वराजदूतसमेत हुन् । हुसेनको परिवारले उनको अन्तिम संस्कार लन्डनमा नै गर्ने बताएको छ ।