मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
टोनी लेविस, क्रिकेट प्रतियोगितामा प्रयोग हुने डकवर्थ लेविस (डिएलएस) नियमका प्रतिपादक
एजेन्सी लन्डन
२०७६ चैत २१ शुक्रबार ०६:५८:००
Read Time : > 1 मिनेट
खेलकुद

डिएलएस नियमका प्रतिपादक लेविसको निधन

क्रिकेटको छोटो फर्म्याटमा प्रयोग हुने डकवर्थ लेविस नियम बनाउनेमध्ये एक टोनी लेविसको ७८ वर्षमा निधन

Read Time : > 1 मिनेट
एजेन्सी लन्डन
२०७६ चैत २१ शुक्रबार ०६:५८:००

एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रयोग हुने डकवर्थ लेविस (डिएलएस) नियमका प्रतिपादकमध्ये एक टोनी लेविस ७८ वर्षको उमेरमा निधन भएको छ । इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले बिहीबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दैै डिएलएस नियम बनाउने लेविसको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन् । 

‘छोटो फर्म्याटमा प्रयोग हुने डकवर्थ लेविस नियम बनाउनेमध्ये एक टोनीको निधनको सामाचारले हामी स्तब्ध भएका छौँ,’ बोर्डको विज्ञप्तिमा भनिएको छ, ‘उहाँले क्रिकेटमा ठूलो योगदान पु-याउनुभएको छ ।’ विशेष गरी क्रिकेटको छोटो फम्र्याट यो नियम निकै प्रभावशाली देखिन्छ । वर्षाले खेल रोकिएको अवस्थामा डिएलएस नियमअनुसार खेलको छिनोफानो हुन्छ । 

वर्षाले पटकपटक खेल रोकिँदा डिएलएस नियमअनुसारै ओभर छोट्याउने र नयाँ लक्ष्य आउँछ । गणितका प्राध्यापक लेविसले आफ्ना साथी फ्रांक डकवर्थसँग मिलेर डिएलएस नियम बनाएका थिए । यो नियम क्रिकेट खेलमा महत्वपूर्ण अंगका रूपमा स्थापित भएपछि दुवै व्यक्तिका नामबाट डर्कवर्थ लेविस नाम राखिएको हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले डिएलएस नियम १९९६–९७ मा जिम्बावे र इंग्ल्यान्डबीचको दोस्रो एकदिवसीय खेलमा लागू गरेको थियो ।

त्यो खेलमा यो नियम जमेपछि आइसिसीले सन् १९९९ मा इंग्ल्यान्डमा आयोजना भएको एकदिवसीय विश्वकपमा समेत डिएलएस नियम लागू ग-यो । सन् १९९७ देखि डिएलएस नियम आए पनि आइसिसीले आधिकारिक रूपमा सन् २०१४ यो डकवर्थ लेविस प्रविधि नामकरण गरियो । सन् १९९२ को विश्वकपमा यो नियम लागू हुँदा निकै विवादित बनेको थियो ।

प्रतियोगिताको सेमिफाइनल इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा भएको थियो । लक्ष्य पछ्याएको इनिङमा दक्षिण अफ्रिकालाई एक समय १३ बलमा २२ रन आवश्यक थियो । त्यही वेला वर्षाले खेल रोकियो । पुनः खेल सञ्चालन हुँदा दक्षिण अफ्रिकाले एक बलमा २२ रन बनाउनुपर्ने भयो । यसैकारण त्यो विश्वकपमा यो नियम विवादास्पद बनेको हो । यसैगरी, सन् २०१५ को न्युजिल्यान्ड र अस्ट्रेलियाबीचको एकदिवसीय विश्वकप फाइनलमा पनि यही नियम अपनाइएको थियो ।