मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २० बिहीबार २०:२७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कोरोना संक्रमितलाई अस्पताल ल्याउन सेनाकाे रिहर्सल (भिडियो)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २० बिहीबार २०:२७:००

नेपाली सेनाले कोरोना भाइरस (कोभिड- १९) संक्रमित बिरामीलाई कसरी अस्पतालसम्म ल्याउने भनेर बिहीबार प्रयाेगात्मक अभ्यास (रिहर्सल) गरेको छ।

छाउनी (स्वयम्भू) स्थित वीरेन्द्र सैनिक अस्पतालमा नेपाली सेनाले बिरामीलाई अस्पतालसम्म कसरी लग्ने भन्ने  सम्बन्धमा रिहर्सल गरेको हो।

देशका विभिन्न भागबाट ल्याइएका संक्रमित व्यक्तिलाई कसरी आइसोलेसन सेन्टरसम्म ल्याउने भन्ने सम्बन्धमा सैनिक टोलीले रिहर्सल गरेर देखाएको थियो। विभिन्न स्थानबाट ल्याइने संक्रमितलाई अस्पतालभित्र रहेको आइसोलेसन सेन्टरमा कसरी सुरक्षित रूपमा पुऱ्याउने भन्ने रिहर्सल सैनिकले गरेका थिए ।

जसअनुसार वीरेन्द्र सैनिक अस्पताल लगिने कोरोना संक्रमित व्यक्तिलाई अस्पतालभित्र रहेको विशेष एम्बुलेन्समा राखेर आइसोलेसन वार्डसम्म लगिनेछ। 

हेर्नुहाेस् भिडियो :