Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ चैत २० बिहीबार १८:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कोरोना नियन्त्रणमा खटिने सेना–प्रहरीलाई शतप्रतिशतसम्म भत्ता

Read Time : < 1 मिनेट
२०७६ चैत २० बिहीबार १८:३९:००

कोरोना नियन्त्रणमा खटिने सेना तथा प्रहरीले शतप्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने भएका छन् । कामको प्रकृति हेरेर दैनिक तीन सय खाजा खर्चदेखि सुरु तलबमानअनुसार शतप्रतिशतसम्म भत्ता दिने निर्णय १६ चैतको मन्त्रिपरिषद् बैठकले गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार कोरोना नियन्त्रणमा खटिने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीले भत्ता पाउनेछन् । 

पिपिई लगाएर खटिनेलाई शतप्रतिशत भत्ता 
पर्सनल प्रोटेक्सन इक्विपमेन्ट(पिपिई) लगाएर पेसेन्ट रिसिभिङ टिम (पिआरटी)मा काम गर्नेहरूलाई सरकारले शतप्रतिशत भत्ता दिने भएको छ । संक्रमित तथा शंकास्पद बिरामीलाई अस्पताल लैजान सरकारले पिआरसी गठन गरेको हो । 

त्यस्तै, पिपिई नलगाई पिआरटीमा काम गर्ने र क्वारेन्टाइनको सुरक्षा तथा व्यवस्थापनमा खटिनेले तलबको ५० प्रतिशत भत्ता पाउनेछन् । ड्युटीमा खटिने अन्य सुरक्षाकर्मीले दैनिक तीन सय रुपैयाँ खाजा खर्च पाउनेछन् । त्यसका लागि कार्यालय प्रमुखले ड्रयुटीमा खटिएको भनेर प्रमाणित गर्नुपर्ने हुन्छ । यस्तो भत्ता हिनामिना नहोस् भनेर सम्बन्धित प्रहरीको बैंक खातामा जम्मा गर्न भनिएको छ । 

सरकारको निर्णय बिहीबार देशभरिका प्रहरी कार्यालयमा सर्कुलर गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उमेशराज जोशीले बताए । यसबाट फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीको मनोबल बढ्ने उनी बताउँछन् ।