१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ चैत २० बिहीबार १५:२९:००
Read Time : < 1 मिनेट
समाचार

कांग्रेस नेता शाहीद्वारा क्वारेन्टाइनमा बसेकालाई राहत वितरण

Read Time : < 1 मिनेट
२०७६ चैत २० बिहीबार १५:२९:००

जुम्लाको हिमा गाउँपालिका क्षेत्रका विभिन्न क्वारेन्टाइनमा बसेका नागरिकलाई कांग्रेसका युवा नेता लक्ष्मण शाहीले राहत वितरण गरेका छन्। भारतबाट फर्किएर चारवटा क्वारेन्टाइनमा बसेका करिब ४० जनालाई शाहीले व्यक्तिगत खर्चमा राहत वितरण गरेका हुन्।

राहदेव मावि मोफ्ला, कालिका मावि बड्की, भानु मावि पातरखोला र भैरव आधारभूत विद्यालय जोगीबाडामा रहेका क्वारेन्टाइनमा बसेका नागरिकलाई शाहीले चामल, दाल, नुन, तेल, चिनी, चियापत्ती, साबुन, मास्कलगायत दैनिक उपभोग्य सामग्री वितरण गरेका हुन्। 

४० जनालाई ६३ हजार चार सय रुपैयाँबराबरको दैनिक उपभोग्य सामग्री वितरण गरिएको शाहीले बताए। राहत सामग्री वितरण गर्दै शाहीले क्वारेन्टाइनमा बसेकाहरूलाई सरसफाइमा ध्यान दिन र आत्मबल बढाउन आग्रह गरे।

शाहीले यसअघि पनि हिमा गाउँपालिकाको विभिन्न स्थानमा पुगेर सर्वसाधारणलाई करिब हजार थान मास्क वितरण गरेका थिए ।