मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७६ चैत २० बिहीबार १४:५१:००
Read Time : < 1 मिनेट
समाचार

गाउँपालिकाले गर्‍यो स्वास्थ्यकर्मीलाई पाँच लाखको जीवनबिमा 

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७६ चैत २० बिहीबार १४:५१:००

कालिकोटकोे पचालझरना गाउँपालिकाले कोरोना भाइरस (कोभिड– १९) को उपचारमा खट्ने स्वास्थ्यकर्मीलाई पाँच लाख रुपैयाँको जीवनबिमा गर्ने भएको छ । गाउँपालिकाले प्रोत्साहनस्वरूप भत्तासँगै सुरक्षाको लागि रु. पाँच लाखको बिमा गर्ने निर्णय गरेको हो । 

गाउँपालिकामा कोरोना भाइरस संक्रमण नियन्त्रण र उपचारमा खटिने स्वास्थ्यकर्मीको रु. पाँच लाखको बिमा गर्ने गाउँपालिका अध्यक्ष खड्कबहादुर सेजुवालले बताए । स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन बिमा गरिएको उनले जानकारी दिए ।

त्यस्तै, गाउँपालिकाले भाइरसको संक्रमणलाई मध्यनजर गरेर अपरिचित मान्छे गाउँ जाने र आउनेहरूको रेकर्ड पनि राख्ने जनाएको  छ ।  प्रत्येक वडामा शंकास्पद व्यक्तिलाई स्वास्थ्य चेकाजाँच गरी क्वारेन्टाइनमा राख्ने व्यवस्थासमेत मिलाउने अध्यक्ष सेजुवालले बताए ।