मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २० बिहीबार १४:२५:००
Read Time : < 1 मिनेट
प्रवास

कुवेतमा एक नेपाली कोरोनाबाट संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २० बिहीबार १४:२५:००

नेपालीहरूको वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्यमध्येको एक बनेको खाडी मुलुक कुवेतमा एक नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । 

कुवेतस्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै एक नेपालीमा कोरोना संक्रमित भएको पुष्टि गरेको हो । 

कुवेतको स्वास्थ्य मन्त्रालयले बुधबार मात्र थप २८ जनामा यो भाइरस संक्रमण भएको जनाएको थियो । 

कोरोना भाइरसबाट संक्रमित २८ जनामध्ये एकजना नेपाली नागरिक रहेको राजदूतावासले जनाएको छ । योसँगै कुवेतमा संक्रमितहरूको संख्या तीन सय १७ पुगेको छ । 

हाल कुवेतमा करिब ७० हजार नेपाली कामदार कार्यरत छन् । 

कुवेतमा कार्यरत नेपाली कामदारलाई राजदूतावासले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

साथै, सामाजिक दूरी कायम गर्न, अत्यावश्यक कामबाहेक अन्य प्रयोजनका लागि घरबाट ननिस्कन, भिडभाडमा नजान, आफू संक्रमित भएको शंका लागेमा नजिकको अस्पतालमा सम्पर्क गर्न र सचेत तथा सुरक्षित रहन राजदूतावासले अनुरोध गरेकाे छ ।