मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
वीरेन्द्र ओली
२०७५ माघ ८ मंगलबार २०:३०:००
Read Time : < 1 मिनेट
समाचार

वैद्य निकट विद्यार्थी संगठनकाे अध्यक्षमा हरिकृष्ण गजुरेल 

Read Time : < 1 मिनेट
वीरेन्द्र ओली
२०७५ माघ ८ मंगलबार २०:३०:००

मोहन वैद्य 'किरण' नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा हरिकृष्ण गजुरेल चयन भएका छन् । गजुरेलको नेतृत्वमा ६१ सदस्य केन्द्रीय समिति घोषणा गरिएको हाे ।

विद्यार्थी संगठनको राष्ट्रिय भेलाबाट मंगलबार गजुरेल अध्यक्षमा चयन भएका हुन् । गत असोज ९ र १० गतेदेखि सुरु भएको राष्ट्रिय भेला विवादका कारण स्थगित भएको थियो । नेतृत्वको विषयलाई लिएर पार्टीभित्र विवाद भएपछि पार्टी केन्द्रीय सदस्यसमेत भएका गजुरेलाई विद्यार्थीको नेतृत्व दिएको हो ।