मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी
२०७६ चैत २० बिहीबार १३:३८:००
Read Time : < 1 मिनेट
विश्व

भारतमा कोरोना भाइरसबाट ४१ को मृत्यु

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ चैत २० बिहीबार १३:३८:००

भारतमा कोरोना भाइरसको प्रकोप बढ्दै गइरहेको छ । अहिलेसम्म १ हजार ८३४ जनामा यसको सङ्क्रमण भेटिएको छ । २४ घन्टाभित्रै ४३७ जना नयाँ सङ्क्रमित भेटिएको त्यहाँका स्वास्थ्य अधिकारीले बताएका छन् । 

भारतीय अधिकारीहरुले यो अवस्थालाई निकै गम्भीर भनेका छन् । उनीहरुले यसैगरी नयाँ सङ्क्रमित थपिँदै जाने हो भने अवस्था झनै गम्भीर हुने देखिएको उनीहरुको भनाई छ ।

भारतमा भाइरसको सङ्क्रमणबाट ४१ जनाको ज्यान गएको छ । त्यसैगरी यसका सङ्क्रमितहरु मध्ये १ सय ४३ जना निको भएर घर फर्किएका छन् । अरु सबैजना अस्पतालमा उपचाररत छन् ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा प्रत्येक दिन नयाँ नयाँ सङ्क्रमितहरु थपिँदै जान लागेकोले भारतले घोषणा गरेको लकडाउनको अवस्थामा थप कडाई गर्नुपर्ने बताएको छ।

पछिल्ला केही दिनमा भारतमा यसरी सङ्क्रमितहरुको संख्या थपिँदै जान लागेपछि बिहीबार बिहान भारतीय गृहसचिव अजय भल्लाले भारतको गृह प्रशासनको आदेशमा जारी लकडाउनको नीतिलाई अझै कडा रुपमा पालना गराउन सबै राज्य सरकारहरुलाई आग्रह गरेका छन् । भारत २१ दिनसम्म सम्पूर्ण देशभरि लकडाउन गरिएको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिककै स्वास्थ्यका लागि यस्तो नीति लिनुपरेको भन्दै घरैमा बसिदिन र खाद्यान्न औषधि आदि किनमेलका क्रममा पनि सामाजिक दुरी कायम गर्न आग्रह गरेका छन् ।