मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्यविज्ञ
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २० बिहीबार १२:१७:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यसरी बढाउनुहोस् कोरोनासँग लड्ने क्षमता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २० बिहीबार १२:१७:००
  • घरमा बनाएको ताजा र पोषिलो खानेकुरा खाने बानीको विकास गरौँ । 
  • हरियो सागसब्जी, फलफूल, दूध र गेडागुडी नियमित खाने गरौँ । खानामा जति विविधता भयो, हामी त्यति स्वस्थ हुन्छौँ । भिटामिन सी, बी ६, ई, जिनलगायत पोषण प्राप्त हुने खाना सेवन गरौँ । 
  • खेल्ने बानी बसालौँ । नियमित व्यायाम, योग र हाइकिङ गरौँ । 
  • भिटामिन डी प्राप्त गर्न बिहानको घाममा बसौँ । 
  • चुरोट, सुर्ती, अल्कोहलजस्ता हानिकारक पदार्थको सेवन नगरौँ ।
  • लसुन, प्याज, टिमुर, जिरा, धनियाँ, अदुवा, बेसार, तिल, मरौटी, दालचिनी, खुर्सानी, ल्वाङ, सुकमेल, अलैँची, जाइफल, ज्वानोजस्ता मसलासहितको खाना खाने गरौँ । 
  • भिटामिन सी पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको नियमित सेवन गरौँ ।
  • पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, रसिला फलफूल नियमित खाएर शरीरलाई नियमित सिँचाइ गरौँ । 
  • मह, लसुन, बेसार, अदुवा, कुरिलो, गुर्जो नियमित सेवन गरौँ । 
  • दिल खोलेर हाँस्ने गरौँ ।