मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २० बिहीबार १२:०७:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

कस्ता कोरोना संक्रमितलाई राखिन्छ भेन्टिलेटरमा ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २० बिहीबार १२:०७:००

- कोरोनाभाइरस (कोभिड–१९)बाट संक्रमित बिरामीका तीन प्रकार हुन्छन् । पहिलो प्रकारका बिरामी जसलाई चिसो लागेजस्तै हल्का लक्षण देखिन्छन् । यो अवस्थाका बिरामीलाई घरमै क्वारेन्टाइनमा बस्न भनिएको छ । अस्पतालमा भर्ना हुन आवश्यक छैन ।

- दोस्रो प्रकारका बिरामीमा उच्च ज्वरो आउने र सास फेर्न गाह्रो हुने हुन्छ । यस्ता बिरामीलाई अस्पतालमा भर्ना गरी अक्सिजन दिइन्छ ।

- तेस्रो प्रकारका बिरामीलाई फोक्सोमा क्षति पुगेको हुन्छ । यसले शरीरमा अक्सिजन पु‍-याउने फोक्सोको क्षमता कम गर्छ । यो बहुअंग विफलताको अवस्था हो । त्यसैले, यस्ता बिरामीलाई भेटिन्लेटरमा हालिन्छ । त्यसपछि मेसिनले फोक्सोका रूपमा काम गर्छ ।

यसरी काम गर्छ भेन्टिलेटरले 

- भेन्टिलेटर मेसिन हो, जसले बिरामीलाई सास फेर्न मद्दत पु-याउँछ । यसले फोक्सोमा अक्सिजन आपूर्ति गर्ने भएकाले कार्बनडाइअक्साइड हटाउँछ ।

भेन्टिलेटरलाई लाइफसेभिङ मेसिन पनि भनिन्छ । किनकि, यो त्यस्तो समयमा प्रयोग गरिन्छ जब बिरामीको फोक्सोले काम गर्ने क्षमतालाई घटाउँछ । 

- भेन्टिलेटरलाई लाइफ सेभिङ मेसिन पनि भनिन्छ । किनकि, यो त्यस्तो समयमा प्रयोग गरिन्छ जब बिरामीको फोक्सोले काम गर्ने क्षमतालाई घटाउँछ । यसलाई शल्यचिकित्साअघि पनि प्रयोग गर्न सकिन्छ ।

- भेन्टिलेटर मेसिनमा एउटा ट्युब जोडिएको हुन्छ, जुन बिरामीको मुख, नाक वा घाँटीका माध्यमले शरीरमा छिर्छ ।

- कोभिड–१९ को उपचारका क्रममा कतिपय बिरामीलाई गम्भीर हेरचाह चाहिन्छ । त्यस्ता व्यक्ति उपचारका लागि आइसियुमा 
भर्ना हुन्छन् ।

- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार कोभिड–१९ का ८० प्रतिशत बिरामी अस्पतालमा उपचार नगराई निको हुन्छन् । यद्यपि, ६ मध्ये एक बिरामी गम्भीर बिरामी हुन्छन् र तिनमा सास फेर्न गाह्रो हुन्छ ।

- संक्रमणको गम्भीर अवस्था हुँदा भाइरसले फोक्सोलाई हानि गर्न थाल्छ । सामान्यतया फोक्सोको माध्यमले शरीरमा अक्सिजन आपूर्ति हुन्छ र कार्बनडाइअक्साइड बाहिर निस्कन्छ ।

- जब कोरोना भाइरस मुखबाट श्वासनलीमा प्रवेश गरेर तपाईंको फोक्सोमा पुग्छ । यसले तपाईंको फोक्सोमा साना एयरस्याक्स सिर्जना गर्छ । कोरोनाका कारण बनेको सानो एरसेकमा पानी स्थिर हुन थाल्छ । यसले गर्दा तपाईंलाई सास फेर्न कठिनाइ हुन्छ । तपाईं लामो सास लिन सक्नुहुन्न ।

- यस्तो अवस्थाका बिरामीलाई भेन्टिलेटर चाहिन्छ । भेन्टिलेटरले फोक्सोमा अक्सिजन प्रदान गर्छ । भेन्टिलेटरमा एक ह्युमिडिफायर पनि हुन्छ जसले ताप र हावामा आद्रता राख्छ र शरीरको तापक्रमलाई सामान्य बनाउँछ ।