मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २० बिहीबार ११:५६:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

कोरोना सतर्कता : यसरी खरिद गर्नुस् खानेकुरा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २० बिहीबार ११:५६:००

अहिले विश्वभर कोरोना भाइरस (कोभिड–१९)को महामारी देखा परेको छ । अधिकांश देशले लकडाउनको घोषणा गरेका छन् भने केही देशमा त निशेधाज्ञा नै लगाइएको छ । यस्तो अवस्थामा मानिसलाई आवश्यक कामका लागि मात्र घरबाट बाहिर जान अनुमति दिइएको छ । तर, आवश्यक सामान खरिदका लागि कतिपय पसल खुला गरिएका छन् । समान खरिद गर्न सबैभन्दा सुरक्षित तरिका अपनाउनुपर्छ । यदि, तपाईं अहिलेको अवस्थामा सामान किन्न जाँदै हुनुहुन्छ भने विशेष ध्यान दिन आवश्यक छ ।

 किन छ सुपरमार्केटमा बढी जोखिम ?

संक्रमित व्यक्तिको सम्पर्कमा आउँदा कोरोनाको संक्रमण फैलिन्छ । जब संक्रमित व्यक्तिलाई खोकी वा हाँछ्युँ लाग्छ, उसको थुक र भाइरस हावामा जान्छ । जब अर्को व्यक्ति पहिलोसँगको सम्पर्कमा आउँछ त्यसपछि ऊ संक्रमित हुने सम्भावना बढी हुन्छ । संक्रमित मानिस कुनै सपिङ सेन्टरमा गएको खण्डमा उसले धेरैलाई रोग सार्न सक्छ । त्यसैले, सामान बढी किनमेल हुने ठाउँमा कोरोनाको जोखिम बढी हुन्छ । 

यदि, तपाईं प्याक गरेको खाना खाँदै हुनुहुन्छ भने यसलाई ७२ घन्टापहिले नै भण्डार गर्नुहोस् वा प्रयोग गर्नुअघि स्प्रे गर्नुहोस् । 

लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका प्राध्यापक सैली ब्लुमफिल्ड भन्छन्, जब मानिस सुपरमार्केटमा जान्छन्, सामान उठाउँछन्, त्यसलाई फेरि राख्छन् । उनीहरू एक वस्तु अर्को स्थानमा राख्छन्, त्यसपछि अर्को आउँछ, त्यसलाई हटाउँछ र कतै राख्छ ।

मानिसहरूले सुपरमार्केटमा सामान खरिद गर्ने क्रममा बिल छुन्छन्, नगद लेनदेन गर्छन् । एटिएम मेसिनमा नम्बर प्लेट टच गर्छन् । साथै, कार पार्किङ गर्ने समयमा अन्य धेरै चिज छुन्छन् । यीसँगै उनीहरू दर्जनौँ मानिससँगको सम्पर्कमा आउँछन् । यी केही घन्टामा संक्रमणको उच्च सम्भावना हुन्छ । तर, केही उपाय अपनाए संक्रमणबाट बच्न सकिन्छ ।

के कोरोना  खानेकुराबाट फैलिन्छ ?

खानेकुरा वा पेय पदार्थका माध्यमले कोरोना भाइरस फैलिएला कि भन्ने डर कतिपयले पालेको पाइएको छ । यद्यपि, यसबारे कुनै तथ्य हालसम्म पत्ता लागकोे छैन । र यो भाइरस खाना पकाउँदा मर्छ भन्ने पनि यकिन छैन । यद्यपि, युके फुड स्ट्यान्डर्ड एजेन्सी नामक वेबसाइटका अनुसार राम्रोसँग पकाएको घरकै खाना खानु उत्तम हुन्छ । तर, बाहिरको खाना खानेले त्यो कति स्वस्थकर छ ध्यान दिन आवश्यक छ । प्रोफेसर ब्लुमफिल्डका अनुसार कोरोनाको सवालमा ‘शून्य जोखिम’जस्तो कुनै चिज छैन । जब खाना प्याक हुन्छ, यो एकबाट अर्काको हातमा जान्छ । यो ठूलो चिन्ताको विषय हो । उनले जोगिने उपायसमेत दिएका छन् ।

होम डेलिभरी कति सुरक्षित ?

पसलमा गएर सामान किन्नुभन्दा घरमै मगाउँदा अहिलेको अवस्थामा पक्कै सुरक्षित हुन्छ । तर, पूर्ण विश्वस्त भने हुन सकिने अवस्था छैन । किनकि, तपाईंको घरसम्म आइपुगेको सामान यसअघि धेरै हातमा गइसकेको छ । यो बुझेर सजगता अपनाउनुपर्छ ।

यसरी जोगिने 

 - यदि तपाईं किनमेलमा जाँदै हुनुहुन्छ भने कम्तीमा ६ फिट वा डेढ दुई मिटरकोे दूरी कायम गर्नुहोस् । 
-  समान किन्न जानुअघि र किनिसकेपछि साबुनपानीले कम्तीमा पनि २० सेकेन्ड मिचीमिची हात धुनुहोस् । साथै, ­स्यानिटाइजरको पनि प्रयोग गर्न सकिन्छ । 
-  घरबाहिरका कुनै ठाउँ एउटा पनि सुरक्षित छैनन् भन्ने हामीले सधैँ दिमागमा राख्नुपर्छ । यदि तपाईंले हातले केही समात्नुभयो भने स्यानिटाइजरले सफा नगरी अनुहारमा हात नलानुहोस् ।
 - सम्भव भएसम्म सपिङ गर्दा डिजिटल भुक्तान गर्नुहोस् । किनकि, यसले जोखिम कम गराउँछ ।