१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका वीरेन्द्रनगर
२०७६ चैत २० बिहीबार ११:५८:००
Read Time : < 1 मिनेट
समाचार

प्रहरी हिरासतबाट तीनजना थुनुवा फरार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका वीरेन्द्रनगर
२०७६ चैत २० बिहीबार ११:५८:००

जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका तीनजना थुनुवा बुधबार राति फरार भएका छन् । राति झ्याल फोडेर उनीहरू फरार भएको प्रहरीले जनाएको छ । 

लागुऔषध कारोबार अभियाेगमा उनीहरू पक्राउ परेका थिए । वीरेन्द्रनगर– ६ का २६ वर्षीय रोशनराज रेग्मी, सोही ठाउँका २० वर्षीय सुनील थारू, वडा ११ मा बस्ने २१ वर्षका सन्देश केसरा फरार भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतको पक्की थुनुवा घरको पछाडि भागको झ्याल फोडेर उनीहरू फरार भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।