मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाठाैं
२०७६ चैत २० बिहीबार ११:२५:००
Read Time : < 1 मिनेट
सप्तरंग

पढ्न मन लागेका पुस्तकमा हराउने मौका : हरिहर शर्मा

लकडाउनमा सेलेब्रिटी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाठाैं
२०७६ चैत २० बिहीबार ११:२५:००

लकडाउनको समयमा घरमै क्वारेन्टाइनमा बसेर विभिन्न पुस्तक पढिरहेको छु । दुईवटा किताब पढिसकेँ । लकडाउन जति लम्बिन्छ, त्यति नै मैले पढ्ने पुस्तक बढ्दै जानेछन् । मसँग थुपै किताब छन्, जसले गर्दा समय कटाउन गाह्रो भएको छैन । 

मसँग थुपै किताब छन्, जसले गर्दा समय कटाउन गाह्रो भएको छैन । पढ्न नभ्याइएका र फेरि पढ्न मन लागेका पुस्तकमा हराउने मौका मिलेको छ ।

ढ्न नभ्याइएका र फेरि पढ्न मन लागेका पुस्तकमा हराउने मौका मिलेको छ । मधुमेहको बिरामी भएकाले अझ बढी र विशेष ख्याल गरिरहेको छु । बाहिर निस्केको छैन । कौसीसम्म मात्र पुग्छु । समाचारहरू सुनिरहेको छु ।

सरकार र विश्व स्वास्थ्य संगठनले दिएका निर्देशन पूर्ण रूपमा पालना गरेर बसेको छु । खाना सामान्य नै खाने गरेको छु । तर, काँचो चिज खान छोडेको छु । 

साथीभाइसँग कुराकानी भइरहेकै हुन्छ । विदेशमा रहेका आफन्त र गाउँघरमा आमा, बुबा, भाइहरूसँग भिडियो च्याटमा कुरा भइरहेको छ । फिल्म ‘म यस्तो गीत गाउँछु २’मा अभिनय गरेको थिएँ । तर, कोरोना भाइरसको सन्त्रासका कारण रिलिज रोकिएको छ ।

सबैलाई आ–आफ्नो घरभित्रै बस्न सल्लाह दिन्छु । अहिलेको संकटलाई न त मिसाइलले हराउन सकिन्छ, न बम पड्काएर नै । यो भाइरसलाई हामीले घरभित्रै बसेर हराउन सक्छौँ । जति सुरक्षित बस्न सक्यो, त्यति नै भाइरस पराजित हुन्छ । कोरोनाबाट बच्ने उत्तम उपाय भनेकै पटक–पटक हात धुने हो ।