मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शान्ता कमली 
२०७५ माघ ८ मंगलबार १९:५४:००
Read Time : < 1 मिनेट
समाचार

मनाङमा हिमपात, जनजीवन प्रभावित

Read Time : < 1 मिनेट
शान्ता कमली 
२०७५ माघ ८ मंगलबार १९:५४:००

हिमालपारीको जिल्ला मनाङमा मंगलबार दिउँसो हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । लगातार परेको हिमपातले स्थानीयबासीको जनजीवन प्रभावित भएको हो । 

मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाका अनुसार सदरमुकाम चामेमा मात्र ५ देखि ६ इन्च बाक्लो हिउँ जमेको छ । जिल्लाका माथिल्ला भेगमा अत्याधिक जाडो बढेको छ । हिउँ परेकाले घर बाहिर निस्कने अवस्था नरहेको प्रजिअ देवकोटाले बताए । उनले भने, ‘दिउँसो ३ बजेदेखि सुरु भएको हिमपात रोकिएको छैन ।’

फोटो : शसस्त्र प्रहरी बल ३२ नम्बर गुल्म मनाङका इन्सपेक्टर सुवासजंग थापा

जिल्लाको माथिल्लो भेग टंकी मनाङ, खाङ्सार, ढिकुरपोखरी लगायत ठाउँमा हिमपात परेसँगै तापक्रम माइनस १२ डिग्री पुगेको छ । यसैगरी, जिल्लाको तल्लो भेग चामे, तिमाङ, दानक्युमा तापक्रम माइनस १० डिग्री पुगेको छ । पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङले सुख्खा भइरहेको जमिनमा हिउँले ढाँकेको बताए ।

‘मनाङमा चिसो अत्याधिक बढेपछि जनजीवन प्रभावित भएको छ,’ शसस्त्र प्रहरी बल ३२ नम्बर गुल्म मनाङका डिएसपी निलकमल आचर्यले भने ।