१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ चैत २० बिहीबार १०:३९:००
Read Time : < 1 मिनेट
विश्व

इजरायली स्वास्थ्यमन्त्रीका दम्पती नै कोरोना भाइरसबाट संक्रमित

Read Time : < 1 मिनेट
२०७६ चैत २० बिहीबार १०:३९:००

इजरायलका स्वास्थ्य मन्त्री याकोभ लिट्जम्यान र उनकी पत्नी कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । 

बुधबार त्यहाँको स्वास्थ्य मन्त्रालयले यसको जानकारी दिएको हो । ७१ वर्षीय स्वास्थ्य मन्त्रीले स्वास्थ्य उपचारपछि दुवैको स्वास्थ्य राम्रो रहेको र आइसोलेसनमा बसिरहेको बताएका छन् । 

लिट्जम्यानले आइसोलेसनमा बसेर घरबाटै काम गरिरहेका छन् । इजरायलमा अहिलेसम्म भाइरसबाट संक्रमित हुनेको संख्या छ हजार ९२ पुगेको छ भने २६ जनाको ज्यान गएको छ ।