मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सौतिक विश्वास
२०७६ चैत २० बिहीबार १०:०२:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

भारतको लकडाउन मानवीय संकट बन्दै

विदेशमा रहेका भारतीयलाई विशेष विमानबाट मुलुक भित्र्याउने मोदीले स्वदेशका कामदारको पूर्णतः बेवास्ता गरेका छन्

Read Time : > 2 मिनेट
सौतिक विश्वास
२०७६ चैत २० बिहीबार १०:०२:००

प्रचण्ड धुपमा चप्पल लगाएर गौतम पानी र बिस्कुटका भरमा रोडमा हिँडिरहेका छन् । गुजरातमा उनी दैनिक चार सय कमाइ गर्थे र घरमा पैसा पठाउँथे । लकडाउन घोषणापछि काम र ज्याला दुवै गुम्यो । यातायात बन्दले उनी पैदल घर फर्कनुको विकल्प भएन । ‘म रातदिन हिँडेँ, मसँग थोरै पैसा थियो, खानेकुरो केही थिएन,’ थकित पारामा उनले भने । उनी एक्ला होइनन्, लाखौँ अन्य प्रदेशका आप्रवासी कामदार बन्द सहरबाट यसरी नै गाउँ फर्किरहेका छन् ।

यी कामदार भारतीय अर्थतन्त्रका मेरुदण्ड हुन् । सबैखाले काममा संलग्न यिनीहरू गाउँको गरिबीबाट पिल्सिएर सहरमा मजदुरी गर्न आएका हुन् । गत साताको लकडाउनले तिनलाई शरणार्थी बनाइदियो । तिनका कारखाना बन्द भए, तिनका साहु र ठेकेदार गायब भए । त्यसैले तिनले आफ्ना पोकापन्तुरा बोकेर गाउँको यात्रामा निस्कनुप-यो । हिँड्न नसक्ने बालबच्चा काँधमा बोक्नुप-यो । उनीहरूले रातदिन हिँड्नुप-यो । अधिकांशसँग पैसा थिएन, भोकले मरिएला भन्ने तिनलाई डर थियो । ‘भारत घर फिर्दै छ’ द इन्डियन एक्सप्रेसले हेडलाइन बनाएको थियो । यसले भारत–पाकिस्तान विभाजन हुँदाको विस्थापनको झल्को दिँदै थियो । त्यो विभाजनमा १५ मिलियनले थातथलो छाडेका थिए ।

संकटमा घर फर्कन चाहनु सामान्य हो । यस्तो वेला सबैलाई सामाजिक सुरक्षा चाहिन्छ र तिनको सामाजिक सुरक्षा गाउँमा छ ।

यसपटक लाखौँ भारतीय मुलुकभित्रै आफ्नो घर फर्कन संघर्षरत छन् । भोक र थकानले पिल्सिएका तिनको एउटै ध्येय छ– घर पुग्ने । घरमा रुखोसुखो र परिवारको माया त पाइन्छ भन्ने तिनको आशय छ । महामारी रोक्न लगाइएको लकडाउनले अर्को मानवीय संकट सिर्जेको छ । 

यो लकडाउन शरणार्थीको भिडमा ९० वर्षकी वृद्धाका जोडी देवी पनि थिइन् । घर पुग्न तिनले सय किमि हिँड्नुपथ्र्यो । भोक मेटाउन उनी वेला–वेला बिस्कुट खाँदै र बिँडी तान्दै थिइन् । त्यस्तै अर्का पाँचवर्षे बालक बुबासँगै सात सय किमि लामो मध्यप्रदेशको यात्रामा थिए । ‘घाम डुबेपछि हामी बास बस्छौँ,’ बुबाले भनेका थिए । अर्की महिला श्रीमान्सँगै अढाइ वर्षकी छोरी लिएर हिँड्दै थिइन् । ‘हाम्रो वास बस्ने ठाउँ त छ तर केही किन्ने पैसा छैन,’ उनले भनिन् । चार दिन लगाएर उत्तर प्रदेशको घर जाँदै गरेका २६ वर्षे यातायात श्रमिक रजनिसले भने– कोरोना भाइरस फैलनुअघि हामी हिँड्दाहिँड्दै मर्न सक्छौँ । उनको भनाइ गलत थिएन । गत सातामध्ये प्रदेश जाँदै गर्दा एक ३९ वर्षे पुरुषको बाटोमै मृत्यु भएको थियो भने पैदलै हिँडेर गुजरात पुगेका ६२ वर्षीय पुरुषको घरको आँगनमै ढलेर मृत्यु भएको थियो । चारजना घर फर्किरहेकालाई राजस्थान र गुजरातको सिमानामा ट्रकले किचेर मारेको थियो 

समस्या टड्कारो देखिएपछि राज्य सरकार यातायात, खाना र बासको जोहो गर्न लागेको छ । तर, यातायात प्रबन्धले अर्को दुर्दशा निम्तिन सक्छ । बसपार्कमा भागदौड मच्चिन सक्छ र संक्रमण फैलिन सक्छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले कामदारलाई कहीँ नगई भएकै ठाउँमा बसिरहन आग्रह गरे । भिडभाडले तिनलाई पनि कोरोना भाइरसको जोखिम हुन सक्छ । उनले सरकारले तिनको भाडा तिरिदिने तथा राजधानीमा ५ सय ६८ खाना वितरण केन्द्र खोलिएको जानकारी दिए । प्रधानमन्त्री मोदीले समेत लकडाउनले विपन्न वर्गमा पर्न गएको असुविधाका लागि माफी मागेका छन् ।

कारण जेसुकै देखाए पनि मोदी र राज्य सरकार विपन्न वर्गको अत्यन्त ठूलो समस्याको सही मुल्यांकन गर्नबाट चुकेका छन् । विदेशमा रहेका भारतीयलाई विशेष विमानबाट मुलुक भिœयाउने मोदीले स्वदेशका कामदारको पूर्णतः बेवास्ता गरेका छन् । संकटमा घर फर्कन चाहनु सामान्य हो । यस्तो वेला सबैलाई सामाजिक सुरक्षा चाहिन्छ र तिनको सामाजिक सुरक्षा गाउँमा छ । २००५ को बाढीपछि मुम्बईको जनसंख्याको आधा आप्रवासी गाउँ फर्केका थिए । १९१८ को स्पेनिस फ्लुको महामारीमा आप्रवासीले मुम्बई छाडेका थिए ।

१८९६ को मुम्बईकै प्लेग महामारीमा पनि तिनले मुम्बई छाडेका थिए भने पछि मुम्बई प्लेगमुक्त हुँदा तिनले महामारी अन्त पनि फैलाइसकेका थिए । एक शताब्दीपछि आज भारत यही विषयमा त्रसित छ । जसरी भए पनि लाखौँ भारतीय अहिले आफ्नो संयुक्त परिवार र वृद्ध बा–आमामाझ पुग्दै छन् । यो विस्थापित संख्याले मुलुकभर भाइरस फैलाउने सम्भावना पनि उत्तिकै प्रबल छ । तसर्थ भारतले लकडाउनसँगसँगै विपन्न र गाँस–बासविहीनका लागि राम्रो व्यवस्था गर्नुपर्छ । राज्यले विस्थापित कामदारलाई यातायातको प्रबन्ध मिलाउँछ या सहरमा बास र खाद्यान्नको व्यवस्था गर्छ, केही दिनमा टुंगो लाग्ला । 

(विश्वास बिबिसीका भारत करेस्पोन्डेड हुन्)

बिबिसीबाट