मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २० बिहीबार ०६:१९:००
Read Time : < 1 मिनेट
अर्थ

कोरोना रोकथामसम्बन्धी कोषमा राष्ट्रिय वाणिज्य बैंकको डेढ करोड सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २० बिहीबार ०६:१९:००

राष्ट्रिय वाणिज्य बैंकले कोरोना उपचारका लागि नेपाल सरकारले स्थापना गरेको कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारकोषमा रकम प्रदान गरेको हो । राष्ट्रिय वाणिज्य बैंककै सिंहदरबार शाखामा रहेको कोषको खातामा उक्त रकम जम्मा गरिएको बैंकले जनाएको छ । 

अहिलेको विषम परिस्थितिमा पनि बैंकले ग्राहकलाई आवश्यक सेवा दिएको छ । बैंकले देशभर एटिएम सेवा, नगद काउन्टर, रेमिट्यान्स, क्लियरिङ, एलसीलगायत बैंकिड सेवा प्रदान गर्दै आएको जनाएको छ । बैंकले २०७७ असार मसान्तसम्मका लागि जुनसुकै बैंकको एटिएम कार्ड प्रयोग गर्दा ग्राहकलाई शुल्क नलाग्ने जनाएको छ । त्यस्तै, मोबाइल बैंकिड इन्टरनेट बैंकिङ आदिमा समेत शुल्क नलाग्ने व्यवस्था गरेको छ । 

सातवटै प्रदेश सरकारद्वारा कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारका लागि रकम जम्मा गर्न बैंकका विभिन्न शाखा कार्यालयमा कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारकोष खाताहरू खोलिएको बैंकले जनाएको छ । यी खाताहरूमा कनेक्ट आइपिएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायत विद्युतीय माध्यमबाट पनि रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ ।