मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी टोकियो
२०७६ चैत २० बिहीबार ०७:१०:००
Read Time : > 1 मिनेट
खेलकुद

ओलम्पिक टर्चयात्रा लम्बिने

Read Time : > 1 मिनेट
एजेन्सी टोकियो
२०७६ चैत २० बिहीबार ०७:१०:००

कोरोना भाइरस महामारीका कारण एक वर्षपछि धकेलिएको टोकियो ओलम्पिकको टर्च ¥याली (दीपयात्रा) लम्बिने भएको छ । प्रतियोगिता सुरु हुनुअघि ओलम्पिक खेलकुद सुरु भएको ग्रिसबाट ओलम्पिक टर्च आयोजक देशमा ल्याइने चलन छ । सोही चलनअनुसार यही २४ जुलाईदेखि ९ अगस्टसम्म सञ्चालन हुने तय गरिएको प्रतियोगिताका लागि यसअघि नै ओलम्पिक टर्च जापान प्रवेश गरिसकेको छ । यद्यपि, कोरोना भाइरस त्रासका कारण प्रतियोगिता एक वर्षपछि सारिएसँगै ओलम्पिक टर्च यात्रा पनि वर्षैभरि लम्बिने भएको छ । 

त्यसअनुसार आयोजक जापानले आगामी एक महिनासम्म ओलम्पिक टर्चलाई आफ्नो उत्तरपूर्वी प्रान्त फुकुसिमामा प्रदर्शनीका लागि राख्ने निर्णय गरेको छ । ओलम्पिक टर्चलाई बुधबार मात्रै फुकुसिमा पु¥याइएको हो । फुकुसिमास्थित जे भिलेज राष्ट्रिय प्रशिक्षण केन्द्रमा बुधबार ओलम्पिक टर्च हस्तान्तरण कार्यक्रमको आयोजना गरिएको थियो । 

आयोजक जापानले ओलम्पिक टर्च हेर्न आउने दर्शकको संख्यालाई भने नियन्त्रण गरिने जनाएको छ । कोरोना भाइरस संक्रमणबाट सुरक्षित राख्न सीमित सर्वसाधारणलाई मात्रै अवलोकनका लागि हलमा प्रवेश गर्न दिइने आयोजक जापानले जनाएको छ । ओलम्पिक टर्च गत २० मार्चमा ग्रिसको एथेन्सबाट जापान आइपुगेको हो । टोकियो ओलम्पिक पूर्वनिर्धारित मितिमै आयोजना भएको भए गत साता नै फुकुसिमाबाट ओलम्पिक टर्च राजधानी टोकियो पुग्ने कार्यतालिका थियो । 

यद्यपि, प्रतियोगिता एक वर्षपछिलाई सारिएसँगै टर्चयात्रा पनि आगामी एक महिनासम्मका लागि फुकुसिमामै राखिने निर्णय भएको हो । जापानले खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिताको सुरु हुनुपूर्व त्यसको संकेत दिने ओलम्पिक टर्चलाई कुनै समय प्राकृतिक तथा मानवीय त्रुटिका कारण क्षतिग्रस्त बनेका आफ्ना देशका विभिन्न क्षेत्रमा पु¥याउने उद्देश्य बनाएको छ । 

सोहीअनुसार ओलम्पिक टर्च फुकुसिमा लगिएको हो । फुकुसिमा सन् २०११ मा भूकम्प, सुनामी र तीन आणबिक हतियार चुहावटबाट ध्वस्त बनेको सहर हो । नयाँ मितिअनुसार टोकियो ओलम्पिक अर्काे वर्षको २३ जुलाईदेखि आठ अगस्टसम्म सञ्चालन हुनेछ ।