१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
भूपेन्द्र वली
२०७५ माघ ८ मंगलबार १९:२८:००
Read Time : < 1 मिनेट
समाचार

डा. केसीका माग पूरा गर्नुपर्छ : प्रवक्ता शर्मा

Read Time : < 1 मिनेट
भूपेन्द्र वली
२०७५ माघ ८ मंगलबार १९:२८:००

नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले डा. गोविन्द केसीका माग पूरा गर्ने विषयमा सरकारसँग तीन वटा विकल्प भएको बताएका छन् । 

प्रेस युनियन दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले केदारभक्त माथेमा प्रतिवेदनअनुसार संसदमा विधेयक लैजानु पर्ने, पूर्व प्रधानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवाको सरकारमा भएको अध्यादेशअनुसार अघि बढ्ने वा प्रधानमन्त्री केपी ओलीले गत साउनमा डा. केसीसँग गरिएको सहमतीको कार्यान्वयन गर्ने भन्ने तीन वटामध्ये जुनसुकै रोजे पनि कांग्रेसले सरकारलाई समर्थन गर्ने बताए । 

‘जुनसुकै विकल्पअनुसार अघि बढे पनि सरकारलाई समर्थन गर्न तयार छौँ ।’ शर्माले भने ‘हैन भने, डा. केसी, निर्मला पन्तको घटना र भ्रष्टाचारका विषयमा पार्टी खरो प्रतिपक्षको भूमिका निर्वाह गर्नेछ ।’ कार्यक्रममा बोल्दै शर्माले दुई तिहाई सरकारले काम गर्न नसकेको भन्दै सरकारले राम्रो काम गरे प्रतिपक्षले समर्थन गर्नु बताए ।

शर्माले भने, ‘गीत लेख्ने, संगित भर्ने, गाउने आफै अनि नाच्ने बेलामा चाहिँ प्रतिपक्षीलाई दोष दिने ?’ सरकारतर्फ व्यङय गर्दै उनले भने, ‘दुई तिहाई दम्भ देखाउन हैन विवेक पुर्‍याएर प्रयोग गरियोस ।’ कांग्रेस देशभर हाल संगठन सुदृढिकरण अभियानमा लागेको भन्दै शर्माले पार्टी एक ढिक्का भइसकेकाले संसद र सडकबाट प्रभावकारी भूमिका निर्वाह गर्ने बताए ।