मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रासस
२०७५ माघ ८ मंगलबार १८:४०:००
Read Time : < 1 मिनेट
विश्व

इजिप्टमा सेनाले गरेकाे कारबाहीमा ६६ जना अातंकवादीकाे मृत्यु

Read Time : < 1 मिनेट
रासस
२०७५ माघ ८ मंगलबार १८:४०:००

इजिप्टको सिनाइ क्षेत्रमा सेनाले गरेकाे आतङ्कवाद विरोधी कारबाहीका क्रममा विगत केही दिनमा कम्तीमा ५९ जना लडाकू र सात सैनिकको मृत्यु भएको छ । घटनाकाे इजिप्टको सेनाले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै पुष्टि गरेको छ । कारबाहीका क्रममा क्रममा सेनाका एक अधिकृत र ६ जना सिपाहीकाे मृत्यु भएकाे छ । 

उक्त कारबाहीका क्रममा सेनाले एक सय ४२ जना लडाकूलाई नियन्त्रणमा लिएको छ भने सेनालाई लक्षित गरी राखिएका दुर्इ सय ४२ बमलार्इ निष्क्रिय पारिएकाे छ । 

Photo : Reuters

इजिप्टमा इश्लामिक राष्ट्रपति मोहम्मद मोर्सीलाई आन्दोलनको भरमा सन् २०१३ मा पदच्युत गरिएपछि उनकाे स्थानमा आएको नेतृत्वले मोर्सीका समर्थक तथा इश्लामिक आतङ्कवादी समूहसँग पटकपटक सङ्घर्ष भइरहेकाे छ । 

सिनाइ क्षेत्र इजिप्टको विद्रोही पक्षको राम्रो पकड भएको स्थान हो । उक्त क्षेत्रमा इजिप्टको इश्लामिक स्टेट समूह समर्थकहरूको प्रभाव क्षेत्र हो । सिनाइमा मात्रै सन् २०१८ को फेब्रुअरीपछि भएका झडपमा परी ८०० लडाकू तथा ३० सैनिकको मृत्यु भएको छ ।