१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
तिवारी यादव वीरगन्ज
२०७६ चैत १९ बुधबार १८:४६:००
Read Time : < 1 मिनेट
समाचार

लकडाउनमा घर हिँडेका साढे तीन सय भारतीय नागरिक प्रहरी नियन्त्रणमा, सबैलाई क्याम्पस भवनमा राखियो

Read Time : < 1 मिनेट
२०७६ चैत १९ बुधबार १८:४६:००

कोरोना भाइरस (कोभिड– १९)को संक्रमण रोकथामका लागि सरकारले लगाएको लकडाउन उल्लंघन गरी नेपालबाट हिँडेका भारतीय नागरिकलाई प्रहरीले वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको भवनमा राखेको छ । 

पर्सा प्रहरीले नेपालको विभिन्न स्थानबाट भारत फर्किँदै गरेका तीन सय ५२ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएर क्याम्पसको शिक्षा संकायको भवनमा राखेको हाे । 

मंगलबार राति विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएर राखिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए ।

शौचालय जान नपाएपछि होहल्ला
मंगलबारदेखि प्रहरीको नियन्त्रणमा रहेका भारतीय नागरिकले खाना, पानी र शौचालय जानसमेत नपाएको भन्दै होहल्ला गर्ने गरेका छन् । प्रहरीले नियन्त्रणमा लिएर क्याम्पस भवनको भित्र च्यानल गेट लगाएर राखेपछि कुनै अपराध नगरे पनि कैदीबन्दीलाई जस्तो व्यवहार गरेको भन्दै उनीहरूले होहल्ला गरेका हुन् ।

प्रहरीको नियन्त्रणमा रहेका एक सय ५२ मध्ये एक सय ४० जनालाई  शिक्षा संकायको भवनको च्यानल गेटभित्र राखिएको छ । बाँकी महिला र बालबालिकालगायत १०/१२ जना क्याम्पसपरिसरको खुला चौरमा छन् । 

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी ललितकुमार बस्नेतले गएरातिदेखि नै प्रहरीले नियन्त्रणमा लिएर राखेकाहरूको विषयमा जिल्ला प्रशासन कार्यालयमा जानकारी नआएको बताए । उनले भारतीय नागरिकलाई नियन्त्रणमा लिएर ठाकुरराम बहुमुखी क्याम्पसमा राखेको जानकारी आफूलाई बुधबार मात्र भएको बताए ।

मंगलबारदेखि क्याम्पसको भवनमा प्रहरी नियन्त्रणमा रहेका भारतीय नागरिकलाई प्रहरीको समन्वयमा ग्रिनसिटी सामुदायिक केन्द्र आदर्शनगरले बुधबार दिउँसो पानी र चाउचाउ वितरण गर्नुका साथै एक छाक खाना खुवाएको छ ।