मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १९ बुधबार १८:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डबीच डेढ घन्टा वार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १९ बुधबार १८:३५:००

नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार अपराह्न डेढ घन्टा कुराकानी भएको छ ।

कोरोना भाइरस संक्रमण र त्यसको महामारी फैलन नदिने विषयमा अध्यक्षद्वयबीच कुराकानी भएको हो । अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव गंगा दाहालका अनुसार अध्यक्षद्वयबीच तीन विषयमा छलफल भएको थियो ।

अध्यक्षद्वयबीच कोरोनो भाइरस जाँचका लागि चीनबाट ल्याइएका स्वास्थ्य उपकरण खरिदमा भएको अनियमितताका सम्बन्धमा उठेका चर्चा, दार्चुलालगायतका जिल्लाका सीमा क्षेत्रबाट स्वदेश प्रवेश गर्न खोजेका आमनेपालीले भोग्नुपरेका समस्या र लकडाउनका कारण पेट पाल्न मुस्किल परिरहेका श्रमिक मजदुरलाई राहत दिने विषयमा छलफल भएको हो ।

‘अध्यक्षद्वयबीच अत्यन्त सकारात्मक कुरा भएको छ,’ स्वकीय सचिव दाहालले नयाँ पत्रिकासँग भनिन्, ‘देखिएका समस्या तत्काल समाधान गर्ने निर्णय दुवै अध्यक्षले गर्नुभएको छ ।’