मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सुनिता खनाल काठमाडाैं
२०७६ चैत १९ बुधबार १०:५९:००
Read Time : > 1 मिनेट
सप्तरंग

हास्यकलाकारको क्वारेन्टाइन

Read Time : > 1 मिनेट
सुनिता खनाल, काठमाडाैं
२०७६ चैत १९ बुधबार १०:५९:००

मंगलबारदेखि लकडाउन थप सातादिन थपिएको छ । कोभिड–१९ ले विश्वलाई प्रभावित गरिरहेको अवस्थामा चलचित्र, साहित्य, चित्रकला, हास्यव्यंग्यलगायत कला क्षेत्र पनि यसबाट अछुतो छैनन् । रियालिटी सो ‘कमेडी च्याम्पियन’ सकिनेवेला कोरोनाको त्रास सुरु भइसकेको थियो । लगत्तै सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था नेपालमा पनि सुरु भयो । कमेडी च्याम्पियनका जज मनोज गजुरेल पनि होम क्वारेन्टाइनमा बस्न थाले । 

हिले उनी घरबाटै सामाजिक सञ्जालमार्फ जनचेतनामूलक सामग्रीहरू सेयर गरिरहेका हुन्छन् । बिहान उठेपछि  घरकै कम्पाउन्डवरिपरि हिँड्नु, योग र ध्यान गर्नु, खाना खानु, समाचार हेर्नु, छिमेकीसँग ‘घर टु घर’ गफ गर्नु, खाजा खानु, एकछिन उफ्रिनु, ढल्किनु र साँझ ५ बजे तरकारी किन्न निस्किनु गजुरेलको दैनिकी बनेको छ ।

यसबीचमा उनी पुस्तक पढ्छन्, सिनेमा हेर्छन् । ‘फेसबुक, भाइबर र ह्वाट्सएपमा ग्रुप बनाएर गफ गर्छु, स्कुले, कलेजका, कलाकारिताका र पारिवारिक गरी १५ वटा ग्रुपमा अन्तक्र्रिया हुन्छ,’ उनी भन्छन्, ‘यो मैले यही लकडाउनमा अपनाएको नयाँ  शैली हो ।’ यस्तोवेलामा विभिन्न समूह बनाएर सम्बन्धलाई पुनर्ताजगी दिनेबाहेक गजुरेलका अन्य काम त्यति अर्थपूर्ण बनिरहेका छैनन् ।

हास्यकलाकार मनोज गजुरेल फेसबुक, भाइबर र ह्वाट्सएपमा १५ वटा ग्रुपमा अन्तक्र्रिया गर्छन् । लकडाउनमा उनले अपनाएको नयाँ शैली हो यो ।

स्वास्थ्य क्षेत्रमा समेत सम्बद्ध हास्यकलाकार राजाराम पौडेलले यो समयलाई गम्भीर रूपमा लिएका छन् । साता दिनदेखि घरको भ-याङबाट पनि ओर्लिएका छैनन् । साथीहरूसँग सामाजिक सञ्जालमै गफिन्छन् । जसरी हुन्छ सुरक्षित बस्ने ध्याउन्नमा छन्, उनी ।

उनका अनुसार  स्वास्थ्य क्षेत्रमा ‘इन्कुभेसन पिरिएड’ भन्ने शब्दावली हुन्छ । त्यो भनेको भाइरस मानव शरीरमा पसेपछि त्यसको लक्षण देखिन थाल्ने समय हो । ‘कोरोना भाइरसको १४ दिन भनिएको कारण त्यति अवधिमा त्यसको लक्षण देखिन थाल्छ र रोग सुरु हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले रोग पत्ता लगाउनका लागि यसरी क्वारेन्टाइनमा राखिएको हो ।’

अर्का हास्यकलाकार सुरवीर पण्डित लकडाउन अघिसम्म सिनेमा, म्युजिक भिडियो र विज्ञापनको सुटिङमा व्यस्त रहन्थे । अहिले जीवनलाई सुरक्षित राख्नु छ । त्यसैले लकडाउनको पूर्ण पालना गरिरहेका छन् । परिवारसँग समय बिताइरहेका छन् ।  सामाजिक सञ्जाल, टिभीका समाचार हेर्छन् । ‘विकसित मुलुकले पनि यो भाइरसलाई नियन्त्रण गर्न नसकिरहेको अवस्थामा हामीले संयमित हुनु जरुरी छ,’ उनी भन्छन् ।

हास्यकलाकार शिवहरि पौडेल घरमा एक्लै छन् । उनको भने परिवार भने हेटौँडामा छ । परिवारसँग दैनिक फोनमा कुरा गर्छन् । हलमा हेर्न छुटेका पुराना नेपाली फिल्मको सूची बनाएर दैनिक एउटा हेर्छन् । 

खाना बनाउने, घर सफा गर्ने कामसँगै फिल्म र टेली फिल्मको पटकथा लेख्दै छन् । र, विज्ञापनहरूका कन्सेप्ट पनि बनाउँदै छन् । पुराना फाइलहरू पल्टाउँदै आफूलाई फ्ल्यासब्याकमा लैजान्छन् । नावश्यक सामान र फाइल फाल्छन् । साँझ कौसीमा निस्केर सुनसान सहर नियाल्छन् । भन्छन्, ‘लकडाउन घोषणा भएको दिनदेखि घरको कम्पाउन्डबाट बाहिर निस्केको छैन ।’