१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवीन अर्याल काठमाडाैं
२०७६ चैत १९ बुधबार १०:३८:००
Read Time : > 2 मिनेट
नयाँCity

क्वारेन्टाइनमा व्यवसायी : घरभित्रै  सीमित दिनचर्या

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७६ चैत १९ बुधबार १०:३८:००

व्यवसायी शशीकान्त अग्रवाल घरमै सेल्फ क्वारेन्टाइनमा छन् । अति जरुरी कामबाहेक बाहिर निस्केका छैनन् । सामान्य दिनमा उनी पशुपति, वनकालीतिर मर्निङवाकमा जान्थे । अहिले घरकै कम्पाउन्डको फेरो मार्छन् । परिवारसँग बसेर फिल्म हेर्दै मनोरञ्जन लिन्छन् । ‘कडा अनुशासनमा बसेको छु,’ उनी भन्छन्, ‘दुईपटक आपूर्ति मन्त्रालयको बैठकमा गएँ, नत्र घरमै छु ।’ सामान्य अवस्थामा उनी दैकि ११ घन्टा घरबाहिर हुन्थे ।

उद्योगी पशुपति मुरारका पनि पूरै देश लकडाउन भएपछि घरबाहिर निस्केका छैनन् । र, अरूलाई पनि घरभित्र छिर्न दिएका छैनन् । टेलिभिजन, सामाजिक सञ्जाल र अनलाइनमार्फत देश दुनियाँका खबर थाहा पाउँछन् । उनको पनि दिनचर्या फिल्म हेरेर मनोरञ्जन लिनमा बितिरहेको छ ।

उद्यमी शेखर गोल्छा अध्यात्ममा रमाउन थालेका छन् । र, जीवनलाई नजिकबाट बुझ्ने कोसिस गरिरहेका छन् । अर्थात्, आफ्नै शरीरभित्र पस्न खोजिरहेका छन् । अनि आध्यात्मिक पुस्तकहरूमा जीवनको सार खोजी गरिरहेका छन् । भन्छन्, ‘म धार्मिक होइन, आध्यात्मिक बन्न प्रयासरत छुु ।’ नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बन्ने पक्कापक्की भइसकेका उनले मोफसलका व्यवसायीका समस्या र गुनासा फोनबाटै समाधान गर्न प्रयास गर्छन् । र, सरकारी निकायसँग पनि फोनबाटै समन्वय गर्छन् ।

‘एक प्रकारको रमाइलो पनि भइरहेको छ,’ नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा भन्छिन्, ‘यसरी दिनभर घरमै परिवारसँग बस्ने अवसर धेरैपछि जुरेको छ ।’

गोल्छाका छोरा पनि व्यापारमा लागिसकेका छन् । लन्डनमा अध्ययनरत छोरी पनि अहिले घरमै छिन् । ‘पूरा परिवार एकसाथ छ,’ उनी भन्छन्, ‘गुड फेमिली टाइम पनि भइरहेको छ, लकडाउन ।’

उद्योगी सतिश मोरले पनि लकडाउनको पूर्ण पालना गरिरहेका छन् । नेपाल उद्योग परिसंघका अध्यक्ष उनी संस्थाको बैठक र राहत वितरणमा सक्रिय छन् । ‘कतिपय काम फोनबाटै हुन्छन्, कतिपयका लागि बाहिर निस्किनुपर्छ,’ उनी भन्छन् । कोरोना संक्रमणको त्रासका कारण व्यवसाय ठप्प भएपछि परिवारलाई समय दिएका छन्, मोरले । टिभी हेर्छन्, समाचार पढ्छन् । र, मनोरञ्जनका लागि मनपर्ने सिनेमाहरू हेर्छन् ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा आठ दिनदेखि घरमै सेल्फ क्वारेन्टाइनमा छिन् । संस्थागत जिम्मेवारीका कारण ७७ वटै जिल्लाका व्यवसायीको फोन रिसिभ गर्छिन् । र, उनीहरूका समस्या समाधान गर्न सक्रिय हुन्छिन् । आपूर्ति सहज बनाउन मन्त्रालय र व्यवसायीसँग फोनबाटै समन्वय गर्छिन् । लकडाउनले परिवारलाई समय दिने अवसर दिएको उनी बताउँछिन् । घरमै पुल खेल्छिन्, कहिले सिनेमा हेर्छिन् । ‘एक प्रकारको रमाइलो पनि भइरहेको छ,’ उनी भन्छिन्, ‘यसरी दिनभर घरमै परिवारसँग बस्ने अवसर धेरैपछि जुरेको छ ।’

उद्यमी शेखर गोल्छा अध्यात्ममा रमाउन थालेका छन् । र, जीवनलाई नजिकबाट बुझ्ने कोसिस गरिरहेका छन् । अर्थात्, आफ्नै शरीरभित्र पस्न खोजिरहेका छन् ।

व्यवसायी चन्द्र ढकाल पनि सेल्फ क्वारेन्टाइनमा छन् । सामान्य अवस्थामा बिहान सबेरै घरबाट निस्किने र अँध्यारो भएपछि मात्र फर्किने व्यस्त दिनचर्या थियो, उनको । ‘लकडाउन पूर्ण पालना गरिरहेको छु,’ उनी भन्छन्, ‘व्यावसायिक जीवनमा पूरै दिन घरमा बिताइरहेको सायद पहिलोपटक हो ।’ नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्, ढकालले । कोरोनाको कहर बढेपछि चैत अन्तिममा हुनुपर्ने महासंघको चुनाव जेठ ०७७ का लागि सरेको छ । ‘लकडाउनका कारण व्यवसायी साथीहरूसँग प्रत्यक्ष भेटघाट हुँदैन, फोन र भिडियोकलमा कुराकानी भइरहन्छ,’ उनी भन्छन्, ‘लकडाउनले परिवारसँग नजिक हुने अवसर दिएको छ । फुर्सदमा भएकाले किताब पनि पढिरहेको छु ।’

युवा उद्यमी सौरभ ज्योति बिहान ७ देखि ९ बजेसम्म घरमै शारीरिक अभ्यास र मेडिटेसन गर्छन् । ब्रेकफास्ट खाएपछि १० बजेदेखि घरमै अफिसको काम सुरु हुन्छ । घरबाटै अफिसका कर्मचारीसँग अनलाइन बैठक गर्छन् । भन्छन्, ‘विगतमा अफिस नै पुग्नुपर्ने काम अहिले अनलाइनमार्फत घरबाटै हुन्छ ।’ कोरोनापीडितका लागि हेल्पलाइन सुरु गरेका छन्, ज्योतिले । अत्यावश्यक मेडिकल सामग्रीहरू मास्क, पिपिई र टेस्ट किट ल्याउन समन्वय पनि गरिरहेका छन् ।

लकडाउनमा शरीरले आराम पाइरहेको पर्यटन व्यवसायी सुमन पाण्डे बताउँछन् । उनी बिहान केहीबेर योग गर्छन् । ‘घरमै बस्न पाउँदा रिल्याक्स महसुस भइरहेको छ,’ उनी भन्छन् । लकडाउनका कारण दुर्गममा फसेका पर्यटकको उद्धारका लागि फोनबाटै समन्वय गर्छन् । ‘लगभग सबै पर्यटकलाई उद्धार गरिसक्यौँ,’ उनी भन्छन्, ‘यसबीचमा दुई सय ५० थान पिपिई विभिन्न अस्पताल र निकायमा वितरण पनि गर्‍यौँ ।’