Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
एजेन्सी
२०७६ चैत १९ बुधबार १०:२६:००
Read Time : < 1 मिनेट
विश्व

कोरोना महामारी दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो संकट : राष्ट्र संघ

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ चैत १९ बुधबार १०:२६:००

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारी दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो र खराब संकट भएको बताएका छन् । अमेरिका, इटाली, स्पेनलगायतका देशहरू बढी प्रभावित भएको भन्दै गुटरेसले महामारीले स्थिति अझ बढ्न सक्ने उल्लेख गरेका छन् । 

राष्ट्र संघ प्रमुखले भने, ‘यो रोगले मानिसकाे जनजीवन र जीविकामा नराम्रो असर गरेको छ ।’ उनले महामारीको प्रभाव कम गर्दै अन्त्यको लागि तत्काल सबैको सहकार्यसहितको स्वास्थ्य सहायता आवश्यक रहेको बताए । 

राष्ट्र संघले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार यस महामारीबाट विश्वका झन्डै दुई करोड पचास लाख मानिसले रोजगारी गुमाउने अनुमान गरिएको छ ।

विश्वव्यापी प्रत्यक्ष वैदेशिक लगानीमा ४० प्रतिशतको कमी आउने उक्त प्रतिवेदनमा जनाइएको छ । 

अमेरिकामा मंगलबार मात्रै आठ सय मानिसको भाइरस संक्रमणबाट मृत्यु भएकाे थियाे । योसँगै त्यहाँ मृत्यु हुनेको संख्या तीन हजार सात सय पुगेको छ । चीनमा यसबाट तीन हजार दुई सय ८२ मानिसको मृत्यु भएको थियो । 

स्पेन, बेलायत, फ्रान्स र इटालीमा मृत्युदर उच्च रहेको छ । सबैभन्दा बढी प्रभावित भएको इटालीमा १२ हजार चार सय २८ जनाको मृत्यु भएको छ ।बेलायतमा एक १३ वर्षीय किशोरसहित अहिलेसम्म एक हजार सात सय ८९ जनाको मृत्यु भएको छ । 

विश्वभर अहिलेसम्म आठ लाख ५० हजार मानिस यस भाइरसबाट संक्रमित भएका छन् । जसमध्ये ४१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ, एक लाख ७७ हजारभन्दा बढी भाइरसबाट निको भएका छन् ।