मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७६ चैत १९ बुधबार ०९:५८:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

भिटामिन सी कति प्रभावकारी ?

Read Time : > 1 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७६ चैत १९ बुधबार ०९:५८:००

डा. प्रभाकर साह, जनरल सर्जन कान्तिपुर अस्पताल

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको औषधि पत्ता लगाउन संसारभरिका चिकित्सक र वैज्ञानिक लागिपरेका छन् । अहिलेसम्म विभिन्न एन्टिमेलेरियल, एन्टिभाइरल्स र युुनानी औषधिमाथि परीक्षण गरिए पनि कोरोना नियन्त्रणका लागि औषधि पत्ता लागेको छैन । कोरोना नियन्त्रणका लागि उपचारका विभिन्न सिद्धान्त दिनानुदिन निकालिए पनि अहिलेसम्म विज्ञानले प्रमाणित गरेको छैन । 

तर, भिटामिन सीको प्रयोग संक्रमण, रक्तचाप र ब्रोङकाइटिसका लागि फाइदाजनक हुने भएकाले संक्रमितलाई प्रभावकारी हुने अनुमान गरिएको छ । भिटामिन सी प्रतिरोधी क्षमता बढाउनका लागि प्रभावकारी मानिन्छ, तर अहिलेसम्म भिटामिन सी कोभिड–१९ का संक्रमितका लागि कति उपयोगी हुने भन्ने प्रमाणित भइसकेको छैन । 

भिटामिन सी र प्रतिरोधी क्षमता 

भिटामिन सी मानव शरीरका लागि मुख्य एन्टी अक्सिडेन्ट हो । जसले शरीरको प्रतिरक्षा प्रणाली बढाउन सहयोग गर्छ । सामान्यतया भिटामिन सीले रोगसँग लड्ने सेता रक्तकोष (डब्लुबिसी)को निर्माणमा सघाउ पु-याउँछ । योसँगै श्वासप्रश्वासको संक्रमण र अन्य भाइरसविरुद्ध एन्टिभाइरलका रूपमा काम गर्छ ।

दैनिक खानपानमा भिटामिन सीको प्रयोग गर्ने व्यक्तिमा निमोनियाको सम्भावना ८० प्रतिशतले कम र अन्य भाइरल इन्फेक्सन करिब ५० प्रतिशत कम हुने विभिन्न अध्ययनले देखाएको छ ।

एक अध्ययनअनुसार भिटामिन सीले शरीरमा भाइरसको वृद्धिलाई नियन्त्रण गर्छ । निमोनिया, ब्रोङकाइटिस, फोक्सोसँग सम्बन्धित र अन्य भाइरल संक्रमण घटाउन मद्दत गर्छ । तसर्थ भाइरस इन्फेक्सनबाट बच्न सामान्यतया वयस्क महिलाका लागि ७५ मिलिग्राम र पुरुषमा ९० मिलिग्राम भिटामिन सीको आवश्यकता हुन्छ ।

दैनिक खानपानमा भिटामिन सीको प्रयोग गर्ने व्यक्तिमा निमोनियाको सम्भावना ८० प्रतिशतले कम र अन्य भाइरल इन्फेक्सन करिब ५० प्रतिशत कम हुने विभिन्न अध्ययनले देखाएको छ ।

 भिटामिन सी सप्लिमेन्टका रूपमा भन्दा पनि दैनिक खानपानमा समावेश गर्नुपर्ने हुन्छ । जस्तै, कागती, हरियो खुर्सानी, हरिया मौसमी फलफूल, सागपातजस्ता खानेकुरामा भिटामिन सी पर्याप्त मात्रामा पाइन्छ। 

कोरोना नियन्त्रणका लागि कति प्रभावकारी ?

कोरोनाको संक्रमणले फोक्सोमा एक किसिमको तरल पदार्थ जम्मा हुन्छ, जसले एल्भोलर कोषिकाहरू नष्ट गरिदिने भएकाले श्वासप्रश्वासमा समस्या ल्याउँछ । भिटामिन सीले फोक्सोमा तरल पदार्थ जम्न नदिने भएकाले फोक्सोमा हुन सक्ने क्षति कम गर्छ । योसँगैै अन्य फ्लु नियन्त्रणका लागि पनि भिटामिन सी प्रभावकारी मानिन्छ । 

भिटामिन सीले रोग प्रतिरोधी क्षमता बढाउने भए पनि कोभिड–१९ लाई नियन्त्रण गर्छ भन्ने कुरा गलत हो । किनकि अहिलेसम्म भिटामिन सीको प्रयोगले कोरोना संक्रमण नियन्त्रणमा आएको वैज्ञानिक प्रमाण छैन । शरीरमा भाइरसको संक्रमण हुन नदिन र प्रतिरोधी क्षमता बढाउन एन्टिअक्सिडेन्टयुक्त खाना खानेसँगै सरसफाइमा विशेष ध्यान दिन जरुरी हुन्छ ।