मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
देबेन्द्र कार्की
२०७५ माघ ८ मंगलबार १८:२१:००
Read Time : < 1 मिनेट
समाचार

डा. केशीको समर्थनमा वीपी प्रतिष्ठानका चिकित्सक धर्नामा

Read Time : < 1 मिनेट
देबेन्द्र कार्की
२०७५ माघ ८ मंगलबार १८:२१:००

डा. गोविन्द केसीको माग पूरा गर्न दबाब दिँदै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरु धर्नामा बसेका छन् । डा. केदारभक्त माथेमाको नेतृत्वमा बनेको प्रतिवेदनअनुसार राष्ट्रिय चिकित्सा विधेयक हुबहु हुुुनु पर्ने माग राख्दै १६ औँ अनसन बसेका डा. केसीको समर्थनमा जिओपिडीअगाडि धर्ना गरेका हुन् ।  

धर्नामा  प्रतिष्ठानका जुनियर रेजिमेन्ट वेलफेयर सोसाइटीको नेतृत्वमा शिक्षक विद्यार्थी लगायत आवसायी चिकित्सक सहभागी छन् । चार दिन अघिदेखि केसीको समर्थन गर्दै उनीहरुले कालोपट्टी बाधेर काम गर्दै आएका थिए । 

चिकित्सकहरुले मंगलबारदेखि दैनिक ३ घण्टा धर्नामा बस्ने जुनियर रेसिटन्ट वेलफेयर सोसाइटीका अध्यक्ष डा. कविराज पौडलले जानकारी दिए । उनले केसीको माग पूरा नभए बिहीबारदेखि आकस्मिक कक्षबाहेक सम्पूर्ण काम ठप्प पार्ने बताए ।